मुख्य खवरमा रहेका समाचारहरु
नेपालगन्ज। सुर्खेतको कट्कुवामा ३५ गाई मरेको घटनाप्रति प्रतिक्रिया जनाएका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको यतिवेला चर्को आलोचना भइरहेकोछ ।केही दिन अघि बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ७, बठुवामा गाई काटेर खाएको घटना सार्वजनिक भएसंगै मन्त्री राईको चर्को आलोचना भएको हो । बाँकेको खजुरागाउँपालिका वडा नम्बर ७ बठुवामा गाई काटेको विषयलाई लिएर नेपालगन्जका विभिन्न हिन्दु सनातनी संगठन तथा समूहले यस्तो बताएका हुन् ।सुर्खेतको कट्कुवामा मरेका गाईगोरुको विषयमा दुख लाग्यो भन्दै...
नेपालगन्ज । बाँकेमा एक जनाको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।खजुरा गाउँपालिका वडा नम्वर ३ मा आज दिउँसो प्रदेश – ३ – २ – ०० – ११८५ नम्बरको मोटरसाइकल सडकको छेउमा रहेको बिद्युतको पोलमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी खजुरा गाउँपालिका वडा नम्बर ४ का २४ बर्षिय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए । मृतक थापा उक्त...
काठमाडौं । कृषि बिकास बैंकका अधिकृत पक्राउ परेका छन् ।कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन्।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लहानबाटै झालाई पक्राउ गरेको हो। ह्याकरले झाकै कम्प्युटर प्रयोग गरी गोप्य विवरणहरु प्रयोग गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। यसअघि यस प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्।पक्राउ परेका झा सग प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले...
नेपालगञ्ज। संचालनको क्रममा रहेको नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका उपमहासचिव डेकनाथ गौतम लगायतले उद्घाटन गर्नुभयो । यात्रु सहायता कक्षको संचालन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जमा अत्याधुनिक बसपार्क संचालन गर्न लागिएको भन्दै यातायात ब्यवसायी र आम...
नेपालगन्ज ।नालीमा डुबेर एक जनाको मृत्यु भएको छ।सुनसरीको रामधुनी नगरपालिका ५ भमरी चोकका ४७ वर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ।आइतबार बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ।यस्तै, इलामको सुनमाई नगरपालिका १२ मलिमकी ५६ वर्षीया दिलमाया राईको पानीको दहमा डुबेर मृत्यु भएको छ।आइतबार बिहान ८ बजे आफ्नै घर नजिकै रहेको पानीको दहमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ...
नेपालगन्ज ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घर घरमा जमरा राखिदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई...
लक्ष्मण बस्नेत/ दाङ।दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् । जिल्ला बक्सिङको सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ संघको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरेको हो । जसको उपाध्यक्षमा चन्द्रज्योती थापा,विशाल जङ्ग शाह,एलिसा सेन्चुरी,सचिव हस्त जिएम,कोषाध्यक्ष दिपक केसि,सहसचिव यम कुमार स्वर्णकार ( सफल), रहनु भएको छ । त्यसैगरी संघको सदस्यहरूमा श्रीधर केसि,मदन ओलि,रमा बिक,लक्ष्मण शर्मा,केशर खत्री,जानकि थापा,मान बहादुर राना,नारायण थापा चयन भएको संघका...
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आफ्नो वडामा जिम्मेवारीमा रहेको बसपार्क ठेकेदारको कमीकमजोरीको कारणले ढीला भएपनि हाल उपभोक्ता समिति निमार्ण गरी काम अगाडि बढाएकोले आउने असोज १५ गते भब्य कार्यक्रम सहित प्रदेश नम्बर ५ का मुख्य मन्त्री र मेयर मार्फत उदघाटन गरिने समेत बताएका छन । नेपालगन्ज उपमहानगरपालिकाका अन्तर्गत रहेको बसपार्क सन्चालनमा आएपछि २०० देखी २५० वटा बस ले पार्क गर्न सक्ने समेत जनाए। वडा...
चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम विथोलेका छन् ।अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो, जसमा अधिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम थियो ।तर नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथोलेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।अनलाइनखबरबाट। ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ विधानअनुसार भएको निर्वाचनबाट चतुरबहादुर चन्द निर्वाचित भएका छन्। यसअघि निर्वाचित क्यानका अध्यक्ष चन्दले ५९ मतमध्ये अहिलेसम्म ३० र बिनयराज पाण्डेले १० मत ल्याएका छन। शनिबार नक्सालको मेरियट होटलमा भएको चुनावमा चन्द पक्षका राजबाबु श्रेष्ठको २७ छ भने मिङ्मा डण्डु शेर्पाको १२ मत छ। सचिवमा चन्द समुहका अशोकनाथ प्याकुरेलको २९ मत छ भने बिनोदकुमार मैनालीको १० मत छ। त्यस्तै कोषाध्यक्षमा चन्द समुहकै रोशनकुमार सिंहको २९...