अनिल कपुरको एक्सनले सफल बनेका वडा अध्यक्ष बेहना
प्रकाशित मिति : २०७६, ११ आश्विन शनिबार १८:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वडा न ४ मा रहेको सम्पुर्ण बजेट १ करोड ६४ लाख ३ हजार रकम मध्य स्वास्थ्य , शिक्षा, बाटो, सरसफाइ र अन्य बिकासका क्षेत्रमा उपयोग गरिने र ठुला बिकाशको लागी केन्द्र प्रदेश तथा उपमहानगरपालिका संग समुन्वय गरी वडाको बिकासलाई तीब्र गतिले अगाडी बढाउने बताए ।
आफु मुस्लिम धर्म संग आबद्ध भएपनि हिन्दु धर्म मान्नेलाई बिबाह गरेर समुदायमा फरक पहिचान बनाएका अध्यक्षले आफुले इमानदारीपूर्वक अगाडी बढेका कारणले जनताको सहयोग रहेको र समाजबाट बिकासका क्षेत्रमा कुनै पनि ठुलो चुनौती भोगनु नपरेको दाबि गरे ।
आफुले प्राप्त गर्ने सरकारी तलब सबै सामाजिक क्षेत्रमा प्रयोग गर्ने र समुदायमा दुख पिडामा रहेका लाई सहयोग गर्ने गरेको समेत जानकारी दिएका छन् ।
अनिल कपुरको हिन्दी फिल्म नायकबाट राजनीतक प्रेरणा पाएका उनिले समुदायलाई सधै साथमा लिएर अगाडि बढ्ने र आफ्नो वडालाई सफा सुग्घर राख्ने अनि भष्ट्राचारको अन्त गर्ने कुरामा समेत जोड दिएका थिए । उनी एक सफल वडा अध्यक्षका रुपले नेपालगन्जमा चिनिएका छन् ।
Advertisement