मुख्य खवरमा रहेका समाचारहरु

गृहमन्त्री थापा सवार हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण

रामेछाप : गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ । सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकोप्टर अचानक रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकोप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु...

बस दुर्घटनामा २१ जना घाइते

धनगढी ।महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा आज बिहान ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा २१ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड लगायत रहेका...

डीआइजीको दरबन्दीमा एआइजी किन राखियो…

काठमाडौं । नेपाल प्रहरीमा डीआइजीको दरबन्दीमा एआइजी राखिएको बिषयले निकै चर्चा छाएको छ।नेपाल प्रहरीबाट राष्ट्रिय सुरक्षा परिषदमा डीआइजीको दरबन्दी छ । तर ४ महिनादेखि एआइजी धिरु बस्नेत राष्ट्रिय सुरक्षा परिषदमा काजमा कार्यरत छन् । बुधबार भएको एआइजीहरुको सरुवामा पनि उनलाई राष्ट्रिय सुरक्षा परिषदमै काजमा राखिएको छ। बुधबार भएको ३ एआइजीको सरुवामा मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखी उनलाई राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएको छ ।डीआइजीको दरबन्दीमा एआइजी बस्नेतलाई काजमा राखिएको...

उपचारका लागि लैजादै गरिएका बिरामीको ट्राफिक जामले गर्दा मृत्यु

नौबिसे( धादिङ ) । नागढुङ्गाको ट्राफिक जामले उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको  मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका ७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । दुबै मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका २ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल...

सासंद विकास कोषमा अब देखि समानुपातिक सांसद पनि हिस्सेदार

काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ४ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । समानुपातिक सांसदहरुले भने यो कार्यक्रममा आफूहरुलाई हिस्सेदार नबनाइएको भनेर गुनासो गर्दै आएका थिए । उनीहरुको गुनासो सम्बोधन गर्दै सरकारले नियमावली संशोधन गरेको छ ।प्रत्यक्ष निर्वाचित सांसदको...

कसको स्वार्थको निम्ती हुँदैछ आइजीपीलाई प्रहार गर्ने खेल!

काठमाडौं ।नेपाल प्रहरीमा कार्यरत वाहलवाला हुन्  वा भूतपूर्व हुन्  अथवा प्रहरी बुझेका जोसुकै हुन् , उनीहरुसंग नेपालको इतिहासकै निर्विवाद तथा सम्मानित गृहमन्त्रीहरुको नाम सोधियो भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अग्रपङ्क्तिमै आउंछ ।त्यसो हुनुको पछाडी उहाँले गृहमन्त्री हुँदा देखाउनु भएको निस्पक्षता , आफु मातहतका सुरक्षा निकायलाइ ठिक काम गर्न प्रेरित गर्ने र गलत गर्दा दण्डित गर्ने तर हस्तक्षेप नगर्ने नीति लगायतका थुप्रै कारण थिए ।अनि उहाँ पदमा हुँदा...

नेपालगञ्जमा पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम शुरु

नेपालगन्ज ।वास च्याम्पियनका लागि पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम बिहीबारबाट नेपालगञ्जमा शुरु भएको छ । नेपाल सरकारको लक्ष्य अनुसार समुदायलाई पूर्ण सरसफाईतर्फ उन्मुख गराउने उद्देश्यसहित बाँके र बर्दियाका वास च्याम्पियनका लागि नेपालगञ्जमा दुई दिने तालिम संचालन गरिएको हो । तालिममा वास च्याम्पियनले गर्नुपर्ने काम, पूर्ण सरसफाई अभियानको प्राथमिकिकरण, प्रभावकारी अभियान, समुदाय बिपद व्यवस्थापनमा वास च्याम्पियनले खेल्ने भूमिका तथा वास अभियानका बिषयमा सहभागिलाई दक्ष बनाइने छ । बाँके र...

बैंक सफ्टवेर ह्याकिङ एजेण्ट स्याङ्जाबाट पक्राउ

नेपालगन्ज ।कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ। सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौँ ल्याएर...

बाँकेमा गाई काटेको अभियोगमा तीन जना पक्राउ, गौ हत्या सम्बन्धि मुद्दा दायर गरिने

नेपालगन्ज। बाँकेमा गाई काटेको अभियोगमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौली, बाँकेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  बाँकेको खजुरा ७ बढुवाको खेतमा गाई काटेका सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेक  छन् । बुधबार राति ११ बजे गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरीहरु त्यसतर्फ गएका थिए । प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु ल्याइसकेका थिए ।इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाका अनुसार, तीनजनाको घरबाट मासु बरामद...

चाडँ पर्बलाई लक्षित गर्दै बाँकेमा बिशेष सुरक्षा योजना सार्बजनिक

नेपालगन्ज । बाँकेमा बिशेष सुरक्षा योजना बनाएको छ। नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गरी बाँकेमा ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरिएको छ ।सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताए।चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना...