मुख्य खवरमा रहेका समाचारहरु
नेपालगन्ज । कृषि बिकास बैंकको सिस्टम ह्याक गरि ३ करोड लुट्नेे नौ जना पक्राउ परेका छन् । सो आरोपमा प्रहरीले ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए...
काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६र७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो ।राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन...
नेपालगञ्ज । बाँकेमा उपचारत एक जनाको डेंगुबाट मृत्यु भएको छ। नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ३४ बर्षीय ज्ञानु चौधरीको डेंगुबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। चौधरीको गत भदौ २५ गते नै मृत्यु भएको थियो । साउनदेखि हालसम्म ६२ जना डेंगु संक्रमितले बाँकेमा रहेका विभिन्न अस्पतालहरुमा उपचार गराएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्शन दुर्गा गौतमले जानकारी दिनुभयो...
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले एकसाताभित्र संचालन गर्ने तयारी गरिएको नेपालगञ्ज बसपार्कको मंगलबार स्थलगत अनूगमन गरि जानकारी लिएको छ । बसपार्कमा हाल उपभोक्ता समितिमार्फत अन्तिमचरणको काम भईरहेको छ । कार्यबाहक नगर प्रमुख कैफुल बरा जोलाहको नेतृत्वमा कार्यपालिका सदस्य देउमल सुनार र कौशलकुमार धोवी सहितको टोलीले बसपार्कमा भईरहेको कामको जानकारी लिएको हो । टोलीले बसपार्कभित्र रहेको मन्दिरको रंगरोगन तथा शौचालय सरसफाईका लागि सम्वद्धहरुलाई निर्देशन समेत दिएको छ ।। बसपार्क निर्माणका लागि...
नेपालगञ्ज । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले कांग्रेसको नेतृत्वमा भएका परिवर्तनलाई संस्थागत गर्नुको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ । पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत् बाँके जिल्लामा सञ्चालित कार्यक्रमको आज नेपालगञ्जमा समापन गर्दै केन्द्रिय सदस्य समेत रहनुभएकी सचेतक भुषालले सरकार नै लोकतन्त्रलाई खतरामा पार्ने कर्ममा उद्यत रहेको टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रमाथि प्रहार भइरहेको छ, दुई तिहाईको दम्भले मात्तिएर कम्युनिष्ट सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र आचरण...
नेपालगन्ज । नेपाली कांग्रेसको दोश्रो जनजागरण अभियानको आज समापन कार्यक्रममा भएको विशाल जुलुशसहितको प्रदर्शन गरेको छ। कांग्रेसको प्रदर्शन पार्टी कार्यालय बाट बिपि चोक, धम्बोझी चोक, सेतु बिक चोक, त्रिबेनि मोड हुँदै त्रिभुवन चोक आएको हो। ...
खेमराज रिजाल/तुलसीपुर । कहि कर्मचारीको अभाबले काम गर्न समस्या हुँदै गएको छ भने कतै कर्मचारी बढी हुँदा काम समेत काम गर्न कठिनाइ बन्दै गएको छ। प्रसङ्ग हो तुलसीपुर उपमहानगरपालिकाको। उक्त कार्यालयमा कार्यरत अस्थाइ , करारका र स्थायी कर्मचारी, समायोजन भै आएका कर्मचारी लगायतको आंकडालाइ ख्यालै नगरी थप कर्मचारी मगाइएपछि तुलसीपुर उपमहानगरपालिका अहिले ओभर स्टाफको ह्याङमा छ । यो ह्याङबाट सहज निकाशको न्यायिक निकाश हुन सकेको छैन । उपमहानगरपालिका, वडा कार्यालय,...
रुद्र सुबेदी/नेपालगन्ज। बाँकेमा डेंगुका उपचारका लागि आएका विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् ।सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा विरामीले सुबिधा नपाएको गुनासो गरेका छन्। भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेड बाहेक सबै किनेर निर्वाह गर्नु परेको गुनासो गरिन । उनले भनिन–‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु यहाँ त बेड...
काठमाडौं । म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर उपध्रो मच्चाएपछि प्रहरीले त्यसलाई गोली हानेर मारेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फुत्केको हो। मान्छेलाई हान्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गोली हानेर मारेको थियो।साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो।बिहानैको घटना भएकाले ठूलो क्षति भने हुन पाएन। महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाका अनुसार राँगाले हानेर तीन जना...
नवलपुर । ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गएको छ।कारमा सवार सबै ५ जनाको ज्यान गएको हो।महेन्द्र राजमार्गको नवलपुरको कावासोती नगरपालिका ८ मा ट्रक र कार ठोक्किँएकोो हो ।लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगलमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको ज्यान गएको हो । ज्यान जानेमा सबै जना पुरुष छन् ।प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने...