मुख्य खवरमा रहेका समाचारहरु

सुत्केरी महिलाको शल्यक्रिया गर्दा मृत्यु

पाल्पा । सुत्केरी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ।पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी...

प्रहरीको हिरासतबाट फरार प्रतिवादी भारतको पञ्जाब बाट पक्राउ

नेपालगन्ज ।सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादी १६ दिनपछि बुधबार भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ परेका छन् ।लागुऔषध नाइट्राजेपाम–१० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका–११ बाट पक्राउ परेका सोही नगरपालिका–५ निवासी महिन्द्र महतो भदौ २२ गते जिल्ला अदालतबाट म्याद थप गराएर हरिवन लैजाने क्रममा प्रहरीको हिरासतबाट फरार भएको थियो ।फरार भएका महतोलाई बुधबार भारतको पञ्जाब प्रान्तको जलन्धरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले...

लुटपाट गर्दै गरेका लुटेराहरुलाई प्रहरीद्वारा गोली प्रहार गरि नियन्त्रणमा

नेपालगन्ज । लुटपाट गर्दै गरेको लुटेराको समुहलाई  प्रहरीले गोली हानेर  नियन्त्रणमा लिएको छ ।जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन...

नरैनापुरमा सम्वादका लागि समन्वयात्मक वैठक ,सुशासन र विकासका लागि सहकार्यमा जोड

नेपालगञ्ज। राप्तीपारीको नरैनापुर गाउँपालिकामा सम्वादका लागि समन्वयात्मक वैठक गरिएको छ । सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा सम्वाद समूह बाँकले जनप्रतिनीधी लगायत सरोकार पक्षसँग आवश्यक समन्वय र सहकार्यका लागि समन्वयात्मक वैठक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । विवाद र द्धन्द्ध रुपान्तरणमा क्रियाशिल सम्वाद समूह बाँकेले नरैनापुरमा सहयोगी समूह गठन गरेर सो क्षेत्रमा हुन सक्ने सम्भावित विवाद, द्धन्द्ध र जनसरोकारका सवालमा सहजीकरण गर्दै आइरहेको छ । शान्ति सुरक्षा, सदभाव, सुशासन कायम र...

योगिनी कपको खेल तालिका सार्वजनिक
"उद्घाटनमा आयोजक र नेपालगन्ज बहुमुखी क्याम्पसले प्रतिस्पर्धा गर्ने "

नेपालगन्ज।नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिताको खेल तालिका  सार्वजनिक गरिएको छ । असोज ११ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक योगिनी–११ को ‘ए’ टिम र नेपालगन्ज बहुमुखी क्याम्पस प्रालीले प्रतिस्पर्धा गर्ने भएका छन । खजुरा गाउँपालिका, २ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका गरि ८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन । बुधबार प्रतियोगिताका सहभागी टिम प्रतिनिधीहरुको उपस्थितीमा खेल तालिका सार्वजनिक गरिएको थियो ।...

भारत गएका नेपाली दशैं मनाउन घर फर्किन थाले, जमुनहा नाकामा लर्को

नेपालगञ्ज। दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा लर्को शुरू भएको छ । जमुनाहा नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको संख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरिक्षक माधव रिजालले बताउनुभयो । उहाँले अहिले दैनिक दुईरतीन सय नेपाली जमुनाहा नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेको बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट नेपालीहरु...

नेपालगञ्जको शान्ति चामल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज । नेपालगञ्जको शान्ति चामल उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना तिराइएको छ । संयुक्त अनुगमन टोलीले आज नेपालगञ्जको खजुरा रोडमा रहेको शान्ति चामल उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै तत्कालका लागि पचास हजार रुपैयाँ जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डस्ट्रिजद्वारा सञ्चालित सोडा उद्योगलाई...

भारतीय नक्कली लाइसेन्सलाई नेपालीकरण गर्ने दुई अधिकृतसहित चार बिरुद्ध मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ।शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।अधिकारीले नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणको लागि कार्यालयमा निवेदन दिएका थिए।‘मोटो रकम लेनदेन गरी नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई...

नेपाल प्रहरीका तीन जना एआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका तीन जना एआईजीको सरुवा भएको छ।सरकारले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो । ...

२० करोड अनियमितता आशंकामा प्रहरी बिरुद्द अख्तियार सक्रिय हुँदै

काठमाडौं। नेपाल प्रहरीले बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजातहरु नियन्त्रणमा लिएपछि असोज ४ मा टुंगो लगाउनुपर्ने बोलपत्र अलपत्र परेको छ। नेपाल प्रहरीले चुस्ता, डीएमएस बुट, पन्चा, ऊलन सर्ट, ऊलन पाइन्ट, कटन सर्ट, कटन पाइन्ट, झुल, पार्का ज्याकेट लगायतका सामानको गएको साउन २६ मा टेण्डर गरेको थियो। भदौ २६ मा खोलिएको टेण्डरमा ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी, पिताम्बर मुन्का, रितेश अग्रवाल लगायतले सेटिङ गरी लागत मूल्यकै...