म:म का लागि ल्याइएको राँगो फुत्केर मान्छेलाई हान्दै गर्दा प्रहरीले ठोक्यो गोली
प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलवार १०:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर उपध्रो मच्चाएपछि प्रहरीले त्यसलाई गोली हानेर मारेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फुत्केको हो। मान्छेलाई हान्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गोली हानेर मारेको थियो।साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो।बिहानैको घटना भएकाले ठूलो क्षति भने हुन पाएन। महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाका अनुसार राँगाले हानेर तीन जना घाइते भएका छन्।राँगाले एउटा ट्याक्सीमा समान्य क्षति पुर्याएको छ। प्रहरीले घाइतेको विवरण संकलन भइरहेको उनले बताए। स्वयम्भूबाट राँगा भाग्दै कालिमाटी आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कालिमाटीबाट राँगा पछ्याउँदै प्रहरी न्युरोडसम्म आएको थियो।‘राँगा कसरी फुत्कियो वा कहाँबाट आयो भन्ने पूरै यकिन भएको छैन, मारिएको राँगा नगरपालिकामा राखिएको छ, तर धनी आएका छैनन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।सेतोपाटीबाट साभार।
Advertisement