नेपालगन्ज बसपार्कको अवस्था बारे उपमहानगरपालिकाको अनूगमन
प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलवार १९:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले एकसाताभित्र संचालन गर्ने तयारी गरिएको नेपालगञ्ज बसपार्कको मंगलबार स्थलगत अनूगमन गरि जानकारी लिएको छ । बसपार्कमा हाल उपभोक्ता समितिमार्फत अन्तिमचरणको काम भईरहेको छ ।
Advertisement
कार्यबाहक नगर प्रमुख कैफुल बरा जोलाहको नेतृत्वमा कार्यपालिका सदस्य देउमल सुनार र कौशलकुमार धोवी सहितको टोलीले बसपार्कमा भईरहेको कामको जानकारी लिएको हो । टोलीले बसपार्कभित्र रहेको मन्दिरको रंगरोगन तथा शौचालय सरसफाईका लागि सम्वद्धहरुलाई निर्देशन समेत दिएको छ ।। बसपार्क निर्माणका लागि १४ करोड ९४ लाखमा निर्माण सम्झौता भएको हो ।अन्तिमचरणमा उपभोक्ता समिति मार्फत करिब ३६ लाखको लागतमा अन्तिमचरणको कार्य भईरहेको छ ।
यसैगरी कार्यवाहक नगर प्रमुख जोलाह नेतृत्वको टोलीले मंगलबार नै वाटरपार्कको पछिल्लो अवस्थाबारे स्थलगत अनूगमन गरि जानकारी लिएको छ । स्थलगत अनूगमनपछि कार्यबाहक नगर प्रमुख जोलाहले बसपार्क अत्याधुनिक निर्माण भएको भन्दै यसको सहि सदुपयोगका लागि सम्पूर्ण यातायात ब्यवसायी र नगरबासी सबैमा आग्रह गरिएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरको अनुपस्थितीमा वडा नम्बर ५ का अध्यक्ष जोलाहले शुक्रबारसम्मका लागि कार्यबाहक प्रमुखको जिम्मेवारी पाउनुभएको हो ।