तुलसीपुर उपमहानगरपालिकामा बढी कर्मचारीले गर्दा समस्या
प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलवार १२:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
उपमहानगरपालिका, वडा कार्यालय, शिक्षा शाखा, स्वास्थ्य शाखा, महिला वालवालिका शाखा, कृषि शाखालगायतका शाखामा कार्यरत विभिन्न प्रकृतिका कर्मचारीको तथ्यपुर्ण विवरण नलिइ उपमहानगरपालिका प्रशासनले थप कर्मचारी माग्दा समस्या गम्भीर भएको छ । यसलाइ कार्यपालिका र कर्मचारी प्रशासनले एक अर्कालाइ आरोप प्रत्यारोप लगाइरहेका छन् । कर्मचारी प्रशासनले कार्यपालिका बैठकबाट अनुमोदन भैसकेर नेपाल सरकार मन्त्री परीषदले स्वीकृत गरेको दरवन्दी वमोजिम थप एक सय ३ जना कर्मचारी लोकसेवा आयोगमा माग गरीएको बताएको छ । कार्यपालिकाले भने जम्मा ४८ जना कर्मचारी मगाउने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डांगीले बताएका छन् । उनी शुसासन समितिका संयोजक समेत रहेका छन् । प्रमुख प्रशासकिय अधिकृत आनन्त सारुमगरले भने नगरपालिकाको कार्यपालिकाले स्वीकृत गरेको दरवन्दीका आधारमा लोकसेवा आयोगलाइ परीक्षा लिएर कर्मचारी पठाउन आग्रह गरीएको बताएका छन् ।
अहिलेको अवस्थामै तुलसीपुर उपमहानगरपालिकामा कर्मचारीलाइ काम गर्न बस्ने ठाउं समेत छैन, अझै थप कर्मचारी आएको अवस्थामा के गर्ने भन्ने समस्या छ । कुनैपनि वडा कार्यालयमा थप कर्मचारीलाइ कुर्चिटेवल राख्ने स्थान समेत छैन । तुलसीपुर उपमहानगरपालिका—५ का अध्यक्ष भन्छन्, अहिलेनै वडामा पहिलेदेखी नै पाचँ – छ जना कर्मचारीहरु छन्, थप ७ जना कर्मचारीलाइ कहां व्यवस्थापन गर्ने भन्ने चुनौति छ ।’ त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं १७का अध्यक्ष थलराज पुरीले पनि आवस्यक भन्दा बढि कर्मचारी मगाउनु दुर्भाग्यपुर्ण भएको बताए ।
स्वीकृत दरवन्दी अनुसार तुलसीपुर उपमहानगरपालिकाले प्रत्यक वडामा एक जना प्रशाशन अधिकृत, एक जना इन्जिनियर, एक जना अमिन, एक जना प्रशासन सहायक, एक जना लेखा सहायक, एक जना सव इन्जिनियर र असिस्टेन्ट सवइन्जिनियर एक जना गरी जम्मा ७ जना कर्मचारी माग गरिएको छ । यो अवस्थाले सवै वडा कार्यालयहरुमा १ सय ३३ कर्मचारी दरवन्दी हुने छ । यी सवै कर्मचारीलाइ उपमहानगरपालिकाले मासिक पारीश्रमिक लगायत आवस्यक सेवा सुविधा उपलव्ध गराउनुपर्ने छ ।
त्यसैगरी कार्यालय तर्फ विभिन्न पदहरुमा गरी ९८ जनाको दरवन्दी स्वीकृत भएको बताइएको छ । दुवै तर्फ जोडि जम्मा २ सय ३१ जना कर्मचारीलाइ मासिक पारीश्रमिक र तोकिए वमोजिमको सेवा सुविधा उपलव्ध गराउनुपर्ने छ ।
यो अवस्थाले विकाश बजेटमा भारी कटौतिको संभावना देखिएको छ । तर उपमहानगरपालिकाले यो विषयमा अझैपनि अर्थपुर्ण अवतरणको स्पष्ट बाटो अवलम्वन गर्न सकेको छैन । सुचना अधिकारी झरेन्द्र खरेलले दिएको जानकारी अनुसार अहिले तुलसीपुर उपमहानगरपालिकामा स्थायी, अस्थाइ र करार सेवामा गरी जम्मा १ सय ६८ जना कर्मचारीहरु कार्यरत छन् । यो अवस्थामा प्रमुख प्रशासकिय अधिकृत मार्फत लोकसेवा आयोगबाट १ सय ३ जना कर्मचारी मगाइएको थियो । लोकसेवा आयोगले उपमहानगरपालिकाको परीपत्र वमोजिम तोकिएको तह र अहोदामा कर्मचारी आवस्यकता माग गरी कर्मचारी छनौट समेत गरीसकेको छ। साथै यसै महिनादेखि लोकसेवाले कर्मचारी पठाउन थालिसकेको छ ।
यति मात्र होइन, लोकसेवा आयोगले तुलसीपुर उपमहानगरपालिकालाइ पत्र पठाइ, तहांबाट मागभए वमोजिमका सवै कर्मचारीहरु छनौट भैसकेकाले उनीहरुको सिट यथास्थानमा सुरक्षित राख्न समेत परीपत्र गरेको छ । त्यसैगरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारी समायोजनका क्रममा एकपछि अर्को कर्मचारी तुलसीपुर उपमहानगरपालिकामा नियुक्ती गरी पठाइरहेको छ । अनि चेतावनी पत्र समेत पठाएको छ, ‘यदि मन्त्रालयले पठाएका कर्मचारीलाइ हाजिर नगराएको अवस्थामा मन्त्रालयले दिने अनुदानमा समेत कटौति हुने छ’ परीपत्रमा भनिएको छ ।
तर समस्या छताछुल्ल हुन थालेपछि उपमहानगरपालिकाको कार्यपालिका बैठकले समायोजनमा आउने कर्मचारीलाइ हाजिरी नगराउने निर्णय गरेको बताइएको छ । केहि कर्मचारी हाजिर हुन नपाएर फर्किएको अवस्था पनि छ । तर उपमहानगरपालिकाको यो अपरीपक्क प्रशासनिक गतिविधिले कर्मचारीको अन्योलता भने कायमै रहेको छ । ओभर कर्मचारीको ह्याङ कसरी उतार्ने उपमहानगरपालिकालाइ चुनौति थपिएको छ । यदि सवै कर्मचारीलाइ पाल्ने अवस्था आएको अवस्थामा उपमहानगरपालिकाको भारी बजेट कर्मचारीहरुकै पारीश्रमिकमा खर्च हुने छ । हाल सम्म एक जना मात्रै इन्जिनियर र केहि अमिन र सव ओभरसियरले चलाउंदै आएको अवस्थामा १९ जना स्थायी इन्जिनियर सहितका कर्मचारीलाइ उपमहानगरपालिकाले कसरी पाल्ने होरु यसको प्रतिफल के हुने भन्ने विषयमा हरेक वडामा चर्चा हुन थालेको छ ।
यद्धपि तुलसीपुर उपमहानगरपालिकाले लोकसेवा आयोगका कर्मचारी आउनु अघिनै ती कर्मचारीलाइ रोक्न सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको थियो । तर तुलसीपुर उपमहानगरपालिकाकालागी भनेरै लोकसेवा आयोगले कर्मचारी छनौट गरेको अवस्थामा लोकसेवा आयोग व्याक हुने अवस्था समेत छैन । सहज व्यवस्थापनकालागी उपमहानगरपालिकाको पछिल्लो कार्यपालिकाको बैठकले करार सेवामा रहेका कर्मचारीहरुको अव करार रद्ध गर्ने निर्णय समेत गरेको छ । साथै केहि कर्मचारीहरुलाइ तुलसीपुर विकाश प्राधिकरणमा अवतरण गराउने प्रक्रिया समेत सुरु भएको एक अधिकारीले बताए । यसले सचिवालयका कर्मचारीलाइ भने जनप्रतिनिधिको कार्यकालसम्म कुनै समस्या हुने छैन ।
वडा कार्यालयहरुले राखेका कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीहरु करारमा राखेका छन् । साथै प्राविधिक शाखामा पनि उल्लेख्य रुपमा सवओभरसियर र अमिनहरु करारमा राखिएका छन्। संभवतः उनीहरुको सेवा निरन्तरतामा चुनौति देखिएको बताइएको छ । कसरी हट्ला ओभर स्टाफको ह्याङरु उपमहानगरपालिकाको कार्यपालिकालाइ चुनौति देखिएको एक कर्मचारीले बताए ।