मुख्य खवरमा रहेका समाचारहरु
नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम भव्यताका साथ समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम असोज ७ गते वृहत ¥यालीसहित त्रिभुवन चौकमा सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि परिचालन गरिएको कांग्रेस सभापति किरण...
नेपालगन्ज । नेपालगन्जबाट प्रहरीको अनुसन्धान ब्यूरोको टोलीलेे चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरुलाई नेपालगन्जको कान्तिपुर गेष्ट हाउसबाट शनिबार पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा रोल्पाको थवांगका दुख रोकाय, जाजरकोट स्थायी घर भई बर्दियाको गुलरिया वडा नम्बर ८ बस्ने बालकृष्ण थापा र डम्बर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले उनिहरुको साथबाट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।नेपालमा हाल प्रतिकेजी अफिमको बजार मुल्य करीब ८ लाख रहेको छ । ...
काठमाडौं ।आजदेखि दशैका लागि बसको टिकट बुकिङ खुल्ला भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै टिकट बुकिङ गर्न् लागेको बताए।यात्रुको सहजताको लागि उपत्यको १४ ठाँउमा नागरिक सहायता कक्ष राखिएको उनले बताए।‘यात्रुलाई सकेसम्म सहज...
लमजुङ। क्व्होलासोंथर गाउँपालिका–१ मैसेक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योति मावि कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् । बेंसीसहर नगरपालिका–९ बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । उनीहरूले किताब नभएर नबोकेका होइनन् । ‘घरका लागि घरमै किताब छ । स्कुलका लागि स्कुलमै किताब छ,’ इन्द्रमानले भने । जनज्योति माविका उषा र इन्द्रमान मात्रै होइन, कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीले नै...
(नरैनापुर) बाँके, असोज ४ । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जना लाभान्वित भएका छन् । नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेले आज(शनिबार) नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ नरैनापुरमा वडा नम्बर ४ लाई लक्षित गरी गरेको नि:शुल्क स्वास्थ्य शिविरमा भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.विपिन आचार्य र आर्मी अस्पताल राँझामा कार्यरत मेडिकल अफिसर डा.बुद्धिमान तामाङ नेतृत्वको मेडिकल टोलीले विरामीहरुको स्वास्थ्य जाँच गरेको नेपाल फार्मेसी संघ जिल्ला...
नेपालगन्ज । नेपालगन्जको नर्सिङ होम अगाडी मोटरसाइकलले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ। आज बिहान साढे १० बजे स्पेलेन्डर मोटरसाइकलले पैदलयात्री अन्दाजी २२ बर्षकि महिलाई ठक्कर दिदा गम्भीर घाइते भएकी महिलाको नर्सिङ होम लैजादै गर्दा मृत्यु भएको छ। मृतक महिलाको ठेगाना दाङको गढवागाउँपालिका वडा नम्बर ७ रहेको अस्पताल प्रहरीले जानकारी दिएको छ। उनको टाउकोमा चोट लागेको थियो।ठक्कर दिने मोटरसाइकल फरार रहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।...
नेपालगन्ज। बाँकेको खजुरामा एकदिने नि:शुल्क आँखा,कान र दाँत परिक्षण तथा प्राथमिक उपचार स्वास्थ्य शिविर आज सुरु भएको छ।”विद्यार्थीसंग लायन्स , हामी सेवा गर्छौं” भन्ने मुख्य नाराका साथ उक्त स्वास्थ्य शिविर खजुराको ज्ञानोदय माध्यमिक विद्यालयको प्राङ्गणमा आज बिहान ८ बजेदेखि सुरु भएको छ।लायन्स र लियो क्लब अफ नेपालगन्ज खजुरा तथा न्यु भिजन पोलीक्लिनीक प्रालि खजुराको संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर सुरु भएको हो। ...
नेपालगन्ज । कोहलपुरका केशर खड्का एस मिडियाका निर्देशकमा नियुक्त भएका छन् । समाजसेबि एबम युबा ब्याबसायी खड्का कोहलपुरमा उत्कृष्ट कार्य गर्दै आइरहेका छन् । आफ्नो जन्म दिन वा अरु कुनै चाड पर्व होस जहिले सबैलाई सहयोग गर्न अग्रसर हुने खड्का कोहलपुरमा सबैको मुटुमा बसेका छन् ।२७ बर्ष उमेरका खड्काले आफुले गर्न सक्ने सहयोग सबैलाई गर्दै आइरहेका छन् । खड्का आजैका मिती देखि एस सन्सकृती मिडिया अन्तर्गत बागेश्वरीपोस्टका निर्देशक नियुक्त...
नेपालगन्ज ।बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन्।तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका दुई सय ५३ विस्थापित भएको खजुरा गाउँपलिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिइन्। उपाध्यक्ष विकका अनुसार विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्था गरिदिएको छ। घरआँगन पूरै जलमग्न भएपछि खजुरा गाउँपालिकाका वडा नम्बर ७ र ८ का सर्वसाधारण सडकमा बस्न बाध्य भएको स्थानीय मायाराम पासीले बताइन्। गाउँपालिकाले वितरण गरेको...
नेपालगञ्ज।संविधान दिवश २०७६ को अवसरमा नेपाल सरकारले विभिन्न दर्जाका प्रहरी अधिकृतहरुलाई पदक प्रदान गर्दै छ। पदक पाउनेहरुमा प्रहरी नायब महानिरीक्षक देखि तल्लो दर्जाका अधिकृतसहित प्रहरी जवान सम्म रहेका छन् । पदक पाउने अधिकृतमा कोहलपुरमा शान्ति सुरक्षा कायम र अबैध ओसारपसार देखि अपराधीक गतिविधिलाई आफ्नो कार्यकाल सम्म शुन्यमा झार्ने प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंह समेत रहेका छन् ।सम्माननिय राष्ट्रपति बिधादेबी भन्दारीले प्रहरी नायब उपरीक्षक सिंहलाई नेपाल प्रताप शुभुषण पदकले...