कोहलपुर सुधार्ने डिएसपी सिंह राष्ट्रपतिबाट ‘नेपाल प्रताप शुभुषण’ पदक पाउँदै
प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार ०९:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।संविधान दिवश २०७६ को अवसरमा नेपाल सरकारले विभिन्न दर्जाका प्रहरी अधिकृतहरुलाई पदक प्रदान गर्दै छ। पदक पाउनेहरुमा प्रहरी नायब महानिरीक्षक देखि तल्लो दर्जाका अधिकृतसहित प्रहरी जवान सम्म रहेका छन् । पदक पाउने अधिकृतमा कोहलपुरमा शान्ति सुरक्षा कायम र अबैध ओसारपसार देखि अपराधीक गतिविधिलाई आफ्नो कार्यकाल सम्म शुन्यमा झार्ने प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंह समेत रहेका छन् ।सम्माननिय राष्ट्रपति बिधादेबी भन्दारीले प्रहरी नायब उपरीक्षक सिंहलाई नेपाल प्रताप शुभुषण पदकले सम्म्मान गर्द्दैछिन् ।लफडाले भरिएको कोहलपुरलाई आफ्नो कार्यकालमा शान्त बनाउने पहिलो इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुुुख उनै हुन् सिंह । प्रहरी नायब उपरीक्षक सिंहले भन्ने गर्छन् ,” प्रहरीबाट कुनै पनि निर्दोशलाई कारबाही नहोस् ।” उनको सोच अनुसार कोहलपुरमा उनको कार्यकालमा कोहि निर्दोश न त पक्राउ परे न त सजाय नै पाए।कोहलपुरमा आफ्नो एक बर्षको कार्यकाल समाप्त गरेर अहिले सिंह एकदमै सम्बेदनशिल स्थान महानगरीय बृत्त बौद्दमा प्रमुखका रुपमा कार्यरत रहेका छन् ।यस्तै सुप्रबल जनसेेेवाश्री पदक पाउदै गरेकाहरुमा प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारी समेत रहेका छन् । उनले प्रदेश नम्बर ५ प्रहरी प्रमुखको रुपमा बसिसकेका छन् भने पदक पाउनेहरुमा अन्य धेरै प्रहरी अधिकृतसहित प्रहरी जवान रहेका छन् ।
Advertisement