नेपालगन्जको नर्सिङ होम अगाडी भयानक दुर्घटना, एक जना महिलाको ज्यान गयो
प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार ११:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको नर्सिङ होम अगाडी मोटरसाइकलले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ। आज बिहान साढे १० बजे स्पेलेन्डर मोटरसाइकलले पैदलयात्री अन्दाजी २२ बर्षकि महिलाई ठक्कर दिदा गम्भीर घाइते भएकी महिलाको नर्सिङ होम लैजादै गर्दा मृत्यु भएको छ। मृतक महिलाको ठेगाना दाङको गढवागाउँपालिका वडा नम्बर ७ रहेको अस्पताल प्रहरीले जानकारी दिएको छ। उनको टाउकोमा चोट लागेको थियो।ठक्कर दिने मोटरसाइकल फरार रहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजीका लागि सबै स्थानका प्रहरी युनिटलाई जानकारी गराइसकेको नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक भिम ओलीले बताए।
Advertisement