मुख्य खवरमा रहेका समाचारहरु
काठमाडौं ।सीता एयरवेज जहाजले आपतकालीन अवतरण गरेको छ।जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।सीता एयरवेज जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।शनिबार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो।मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए। जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले...
काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकिय नेपाल भ्रमणका क्रममा त्रिभुवन बिमानस्थलमा ५४ विमानको उडान प्रभावित हुनेे भएका छन् । शनिबार अपराह्न १४ः५५ देखि १७ः२५ बजेसम्म बन्द हुने नोटाम जारी गरिएको छ । शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ...
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज अपराह्न ४:३० बजे नेपाल आउँदै छन् । २ दशक पछि हुन लागेको चीनको सबैभन्दा ठुलो सवारीका लागि नेपाल सरकारले बिशेष चासोका साथ हेरेको छ। सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि २५ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। जिनपिङको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनाको कमान्डो दस्ता हुनेछ भने दोश्रो घेरामा नेपाल प्रहरीको टोली र तेस्रो घेरामा सशस्त्र प्रहरी बल हुने छ।त्यस्तैै सुरक्षामा अनुसन्धान...
काठमाडौँ । पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेहरुको उपचारमा सहयोग गरेका छन् । नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेका हुन् । पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेका हुन् । “तत्कालका लागि...
काठमाडौं ।६४ औं प्रहरी दिवस अवसरमा नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरी अधिकृतहरु सम्मानित भएका छन् । त्यस्तै सम्मानित हुनेमा प्रहरी निरीक्षक हिरेन्द्र रोकाया समेत रहेका छन् । प्रहरी निरीक्षक रोकायालाई प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले उत्कृष्ट गरेकोले सम्मान गरेका हुन् । निडर र सहासी प्रहरी अधिकृत रोकायालाई बाँके ट्राफिकमा रहेको बेलामा उत्कृष्ट ट्राफिक ब्यबस्थापन लगायत संगठन प्रती असल कार्य गरेको भन्दै नेपाल प्रहरीले सम्मान गरेको हो।निरीक्षक रोकायाले बाँकेमा ट्राफिक प्रमुख हुँदा कयौं असल...
तुलसीपुर।घुम्न जाउँ तुलसीपुर अभियान सुरु भएको छ। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियानको सुरुवात गरेको हो । तुलसीपुरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले यस्तो अभियानको सुरुवात गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले साँस्कृतिक , प्राकृतिक र ऐतिहासिक नगरका रुपमा तुलसीपुरलाई स्थापित गर्नका लागि विभिन्न योजना निर्माण गरिएको पनि वताए ।तुलसीपुर थारुहरुका राजा दंगिशरण थारुदेखि मल्ल राजाहरुले राज्य गरेको ठाउँ मानिन्छ...
काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटना हुँदा थप ६ जनाको मृत्यु भएको छ। घाइते मध्य एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो भने ५ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस अघि घटनास्थलमै ५ जनाको मृत्यु भइसकेको छ। सुपाघाटबाट काठमाडौं तर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो...
काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन् ।जिल्लाको सुपाघाटबाट काठमाडौं तर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। बस सडकबाट...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीले अनुसन्धान गर्दा कसैको दबाबमा नपर्न निर्देशन दिएका छन् ।पद या दल विशेष हेरेर अपराध अनुसन्धान प्रभावित नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय नक्शालमा सम्बोधन गर्दै प्रहरीले पद, अनुहार या दलको वास्ता नगरी अनुसन्धान गर्नुपर्ने बताएका हुन् । ‘प्रहरीले अनुसन्धान गर्दा ओहदा, कुन पदमा छ, कुन दलको हो वास्ता गर्न हुन्न,’ ओलीले भने, ‘कसैको दबाब मान्नुपर्दैन,...
काठमाडौं ।आइतबार देशैभर सार्बजनिक बिदा दिने भएको छ। संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र...