चिनियाँ राष्ट्रपति आज अपराह्न नेपाल आउँदै,२५ हजार सुरक्षाकर्मी परिचालन
प्रकाशित मिति : २०७६, २५ आश्विन शनिबार ०९:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज अपराह्न ४:३० बजे नेपाल आउँदै छन् । २ दशक पछि हुन लागेको चीनको सबैभन्दा ठुलो सवारीका लागि नेपाल सरकारले बिशेष चासोका साथ हेरेको छ। सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि २५ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। जिनपिङको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनाको कमान्डो दस्ता हुनेछ भने दोश्रो घेरामा नेपाल प्रहरीको टोली र तेस्रो घेरामा सशस्त्र प्रहरी बल हुने छ।त्यस्तैै सुरक्षामा अनुसन्धान बिभागले समेत निगरानी गरिरहेको छ। नेपालको दुईदिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सी भारतबाट सिधै काठमाडौं आउने छन् ।
Advertisement