चिनियाँ राष्ट्रपतिको भ्रमणमा त्रिभुवन बिमानस्थलमा ५४ विमान उडान प्रभावित हुनेे
प्रकाशित मिति : २०७६, २५ आश्विन शनिबार ०९:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकिय नेपाल भ्रमणका क्रममा त्रिभुवन बिमानस्थलमा ५४ विमानको उडान प्रभावित हुनेे भएका छन् । शनिबार अपराह्न १४ः५५ देखि १७ः२५ बजेसम्म बन्द हुने नोटाम जारी गरिएको छ । शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ। जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।
Advertisement