मुख्य खवरमा रहेका समाचारहरु
चिनियाँ राष्ट्रपति सी जिनपिङ भोलि शनिबार नेपाल आउँदैछन् । नेपाल अहिले उनकै भ्रमणको तयारीमा जुटिरहेको छ । काठमाडौंका सडकको स्तरोन्नति र स्वागतद्वारको निर्माणका काम भइरहेका छन् । नेपालले विश्वमा उदाउँदो अर्थतन्त्र भएको चीनका राष्ट्रपतिको भ्रमणलाई निकै महत्व दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सी भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग बिहीबार छलफल गरे । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वपरराष्ट्र एवं अर्थमन्त्री डा. रामशरण महत पनि सहभागी थिए । महतले...
काठमाडौँ : सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय गरेको छ । असोज १७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबू थापा समेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी गराएका हुन् । यी हुन्...
कोहलपुर । हिरासतमा रहेका (कैदी) थुुुुनुवाहरुलाई समेत दशैको रौनक दिईएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरले दशैमा कैदीहरुलाई टीका लगाएर खानेकुरा समेत दिएको छ।उनिहरुलाई कोहलपुरका डिएसपी हेम बहादुर शाहीले कैदीहरुलाई दशैको टीका लगाएर उनिहरुको दशैलाई घर भित्रको रौनक दिएका छन् ।”जे जस्तो अपराध गरे पनि उनिहरु नेपाली हुन् -दशै उनिहरुले मान्न पाउने अधिकार छ । घर परिवारबाट टाढा भए पनि मैले उनिहरुलाई आफ्नो दाजु भाईको नाताले दशैको टीका लगाए, डिएसपी शाहीले...
नेपालगञ्ज। नेपालगञ्जमा सञ्चालित रामलीला श्री रामको शुभराज्याभिषेक गर्दै समापन गरिएको छ । रामलीला संचालक समिती नेपालगञ्जको आयोजनामा असोज १२ गदेखि नेपालगञ्ज–१३ रामलीला मैदानमा जारी रामलीला बुधबार राती औपचारिक रुपमा समापन गरिएको हो । १५२ औं श्रंखलाका रुपमा आयोजित रामलीला महोत्सवको शहरी विकास मन्त्री मो इस्तियाक राईले श्री राम(कलाकार)लाई तिलक लगाएर राज्याभिषेक गराउनु भएको हो । मर्यादा पुरुष रामको समग्र लीला प्रस्तुतीले धार्मीक, सास्कृतिक सन्देश मात्र नभई एकता र भातृत्व समेत...
काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यातने दुुई जना पक्राउ परेका छन् ।सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् ।बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।पक्राउ परेका दुबैजनालाई बानेश्वर वृत्तमा राखिएको छ। ...
नेपालगन्ज । नब दुर्गा भगवतीको मुर्ति बिसर्जनका क्रममा सदाझै नेपालगन्जका एक वडा अध्यक्षले आफ्नो दयालु मन देखाएका छन् ।एकादशीका दिन मुर्ति बिसर्जन गर्न हिंडेेका भक्तजनहरुलाई पानी र फलफूलले सहयोग गर्ने अध्यक्ष हुन् मो. सफिक बेहना। नेपाालगन्ज वडा नम्बर ४ का मनकारी अध्यक्ष बेेेहनाले बिगत दश बर्ष देखि यो दिनमा सहयोग गर्दै आईरहेका छन् ।अध्यक्ष बेहनाले भक्तजनलाई ५००० लिटर जारको पानी, एक सय किलो स्याउ र १०० दर्जन केरा वितरण...
नेपालगन्ज । चिनका राष्ट्रपति असोज २५ गते नेपाल आउने निश्चित भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ ।राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक...
तुलसीपुर(दाङ ) । दशैैंको दिनमा दाङमा विभिन्न दुर्घटनामा परि १७ जना घाईते भएका छन् । दुर्घटनाका घाईते मध्य सात जनाको गम्भीर अवस्थाका घाइतेहरुको उपचार बाँके, बुटवल र काठमान्डौंका विभिन्न अस्पतलाहरुमा भइरहेको छ । दशैंको दिन बढी दुर्घटना पूर्व पश्चिम राजमार्गमा भएको छ । दुर्घटनाको प्रमुख कारण भने तीव्र गति र ओभरट्याक गर्ने क्रममा भएको पाइएको छ ।दुई अटो आपसमा ठोक्किदा एक बालक गम्भीर घाइते तुलसीपुरमा दुई अटो एक आपसमा ठोक्किदा...
नेपालगन्ज । अव्यवस्थित रुपमा राखिएका क्रसरका कारण खोला किनारका सयौँ रोपनी धानखेत नष्ट भएका छन् । यस वर्षको बाढीले १५ वर्षयताकै ठूलो विनाश गरेको स्थानीयको भनाइ छ । रोशी खोला किनारमा राखिएका क्रसरले खोला छेउमा थुपार्ने माटो तथा खोलामा बाढी आउँदा माटो बगाउने भएकाले खोलाको सतह बढेको छ । जसले यस वर्ष क्षति बढाएको हो । खोलाले दाप्चादेखि दुम्जासम्मको भागमा ठूलो क्षति गरेको छ । खोला किनारका धान लगाइएका खेतहरु खोलाले...
एजेन्सी । कुर्दिस सेनामाथि आक्रमण गर्न टर्कीले सिरियामा सेना पठाएको छ । अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सिरियाका सीमा क्षेत्रमा सेना पठाएको बीबीसीले जनाएको छ । कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर-पूर्वी क्षेत्रमा टर्कीका सैनिक ट्यांक गएपछि नयाँ त्रास फैलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्दिस सेनामाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिनुभएको थियो । सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने आफ्नाे निर्णयको फाइदा उठाएर कुर्दिस सेनामाथि आक्रमण गरे सह्य...