Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

भालु नमारेको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने भिडमाथि प्रहरीले चलायो हवाइ फायर

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, २४ आश्विन शुक्रबार ११:३४  

    जुम्ला। जुम्लामा मानिसहरुलाई आक्रमण गर्न सुरु गरेको भालुलाई प्रहरीले  गोली हानी नमारेको भन्दै प्रहरी कार्यालय माथी आक्रमण गर्ने भिड तितरबितर पार्न प्रहरीले गोली चलाएको छ।भालु नमारिदिएको भन्दै आक्रोशित भिड तितरबितर पार्न प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ।जुम्लाको गुठीचौर गाउँपालिकामा भालुको आक्रमणमा परेर चार जना घाइते हुँदा समेत नजिकैको प्रहरी चौकीले भालुलाइ नियन्त्रणमा नलिइएको भन्दै स्थानीयले प्रहरी चौकी माथि नै ढुंगामुढा गरेका थिए।

    Advertisement

    दिनदहाडै भालु गाउँतिर झरेर मानिस माथि आक्रमण गर्न थालेपछि स्थिति निकै त्रासपुर्ण बनेको छ। उनीहरुले तत्काल भालु मारेर शान्तिपुर्ण वातावरण सिर्जना गरिदिन माग गरेका थिए। तर प्रहरीले भालु मार्ने अधिकार प्रहरीलाई नभएको भनेपछि स्थानीयले चौकीमा आक्रमण सुरु गरेको स्थानीय हरि रोकायले बताए।

    भालुले आक्रमण गरेर घाइते भएकालाई अस्पताल ल्याउन पुगेको प्रहरी टोली माथि समेत आक्रमण भएपछि प्रहरीले भिड नियन्त्रण गर्न भन्दै चार राउण्ड हवाइफायर गरेको प्रहरी नायब उपरिक्षक डिएसपी लालबहादुर धामीले बताए।

    उनले भने,‘तत्काल भालु मार्ने स्थानीयको माग संवोधन गर्न सकिने भएन्। त्यो आक्रोश प्रहरी माथि पोखे। ’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डिएसी धामीका अनुसार चौकीमा एक्कासी ढुंगामुढा हुन थालेपछि अवस्था तनावग्रस्त हुन पुगेको थियो।

    स्थानीयले प्रहरी भ्यानमा तोडफोड गरेका छन्। ढुंगामुढा लागेर एकप्रहरी हवलदार समेत घाइते भएको डिएसपी धामीले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय जुम्लाको एक टोली भालु नियन्त्रणमा लिनको लागि डिएफओ लिएर गुठिचौर गाउँपालिकामा तिर जाँदै थियो। त्यो वखतमा स्थानीयले एक्कासी आक्रमण गर्न थाले, डिएसपी धामी भन्छन्,‘भालुलाई मार्ने कानुन छैन्, त्यसको कार्यविधी हुन्छ, प्रक्रिया हुन्छ, त्यो सबै प्रक्रिया पुरा गर्दा सम्म ढिलासुस्ती भएको हो।’ प्रहरीले भालु नियन्त्रणमा लिएर मारिसकेको छ। प्रहरीले भालु नियन्त्रणमा लिएपछि स्थिती सामान्य बनेको छ।

    घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। अस्पतालमा भर्ना भएका सबै बिरामीको अवस्था खतारामुक्त रहेको चिकित्सकहरु बताउँछन्। सरोकारवालाको रोहवरमा भालु गाड्ने तयारी भइरहेको हो।

    गुठीचौर गाउँपालिकामा बिहानैदेखि भालुले स्थानीयलाइ आक्रमण गर्न सुरु गरेको थियो। भालुलाई नियन्त्रणमा लिन वन डिभिजन कार्यालयको वन अधिकृतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गाउँमा परिचालन गरिएको थियो।

    ‘जंगली जनावर मार्ने वा नियन्त्रणमा लिने सम्पूर्ण अधिकार वन डिभिजन कार्यालयको हुन्छ। बन डिभिजन कार्यालयले निर्णय नगर्दा सम्म जनावर मार्न पाईदैन्। यसअघि भालुले तिला गाउँपालिकाको तुही गाउँका एक स्थानीयलाई आक्रमण गरेर घाइते बनाएको थियो।

    सिँजा र हिमा गाउँपालिकामा पशु वस्तु मार्नुका साथै मकैबाली नष्ट पारेको थियो। जंगल क्षेत्र माँसिदै जान थालेपछि भालु आहारा खोज्नकै लागि गाउँ झर्न थालेको जानकार बताउँछन्। अहिले जुम्लाका गाउँगाँउमा भालु आतंक बढेको छ। भालुले मकै सिध्याउन थालेपछि एक महिना अघि आफैले भालुलाइ थापेको धरापमा परेर एक स्थानीय घाइते भएका थिए। नागरिकन्युजबाट।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ
    लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन
    ऊर्जा सचिवस्तरीय बैठक : बुटवल–गोरखपुर प्रसारण लाइनमा नेपाल र भारतको समान हिस्सा
    प्रशिक्षार्थी महिला प्रहरीलाई तालीम केन्द्रकै सईले बलात्कार गरेपछि….

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट