देशमा रहेका समाचारहरु

मुस्लिम आयोग र हज समितिले गर्यो थर्ड एलायन्सको निरिक्षण
"मानव अधिकारको सवालमा थर्ड एलायन्स संग आयोगले सहकार्य गर्ने "

नेपालगन्ज  । मानव बिकास शिक्षा र आरक्षणका विषयमा केन्द्रीत भएर मुस्लिम आयोग काम गर्न तयार रहेको मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताउनु भयो । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको नेपालगंज कार्यालयको बुधबार निरक्षण गर्ने क्रममा मानव अधिकारको सवालमा थर्ड एलायन्स संग सहकार्य गर्न तयार रहेको बताउनु भयो। अध्यक्ष अन्सारीले विगतमा समेत थर्ड एलायन्स संग मिलेर काम गरेको स्मरण गर्दै भविष्यमा तराईका जिल्लामा भई रहेको मानव अधिकार उल्लघनका घटनाहरुको...

शौचालय भत्किँदा दार्चुलामा ४ जना बालबाकिकाको मृत्यु

दार्चुला । दार्चुलामा ४ जना बालबाकिकाको मृत्यु भएको छ।शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए । विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो। शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीको...

स्कुटरले पैदलयात्री महिलालाई जोगाउन खोज्दा चालककै ज्यान गयो

पोखरा । एक स्कुटर चालकले बाटो काट्दै गरेकी महिलालाई जोगाउन खोज्दा चालककै ज्यान गएको छ। महिलालाई बचाउन खोज्दा उनको स्कुटर पल्टेको थियो। पल्टेको स्कुटरमाथी  एक भ्यानले किच्दा स्कुटर चालक २० वर्षीय कृष्ण प्रसाद चौलागाईंको ज्यान गएको हो। मृतक चौलागाईं काभ्रे घर भई हाल पोखरामा मजदूरी गर्दै आएका थिए।पृथ्वीचोकबाट अम्मरसिंह चोकतर्फ जाँदै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले सोही दिशातर्फ जाँदै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर...

ट्रकले बसलाई ठक्कर दिदा २ जना भारतीयको मृत्यु, ९ घाइते

चन्द्रनिगाहपुर  । दुई गाडी ठोक्किँदा २ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । रौतहटको पौराइमा काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना ६ ख ९०३० तीर्थयात्री बोकेको बसलाई  को १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।बसमा भारतको उडिसा राज्यका ६० तीर्थ...

एक्सपर्ट फ्यान अफ द डे बाट शाह घोषित, दर्शकले पाए १२ हजार

नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १२ जनाले सो नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो । त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन एक जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि...

भोलीदेखि तुलसीपुरमा अन्तर बिधालय स्तरिय फुटसल

लक्ष्मण बस्नेत / दाङ ।दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु हुने अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिताको खेलमैदान तयार, खेल तालिका प्रकासित लगाएतको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बिहान सात बजे हुनेछ ।उद्घाटन खेलमा शारदा...

आमा छोरी झुन्डिएर आत्महत्या

चितवनमा आमा र छोराछोरीले झुन्डिएर आत्महत्या गरेको केही महिना पछि फेरि आमा छोरीले झुन्डिएर आत्महत्या गरेका छन। ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका हुन् । केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।महानगरीय प्रहरी वृत्त, चापागाउँले  घटनाको पुष्टि गर्दे अनुसन्धान भइरहेको बताएको छ। ...

तुलसीपुरमा अन्तर बिधालय स्तरिय फुटसल हुँदै

लक्ष्मण बस्नेत/ दाङ ।दाङको तुलसीपुरमा अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता यहि जेठ २४ गते देखि सुरु हुनेछ । बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि २५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिनु भएको...

पत्रकार महासंघ बाँकेका उपाध्यक्ष वाग्लेलाई पितृ शोक

कोहलपुर । पत्रकार पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष प्रदिप वाग्लेलाई पितृ शोक परेको छ । ७९ वार्षको उमेरमा उपाध्यक्ष     वाग्लेका पिता झगरीलाल उपाध्यायको शनिबार बिहान निधन भएको हो । लामो समयदेखि मुटु सम्बन्धि समस्याले ग्रसित उपाध्यायको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा निधन भएको हो ।लामो समय कम्यूनिष्ट आन्दोलनमा विताएका उपाध्यायको शनिबारनै बाँकेको अगौया घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । अन्तिम श्राद्धाञ्जली कार्यक्रममा बाँकेका नेकपाका नेताकार्यकर्ताले संयुक्त रुपमा...

डुडुवा गाउँपालिकामा पहिलो पटक बजार अनुगमन

(डुडुवा) बाँके। बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका बजारको  सयुंक्त अनुगमन गरिएको छ । गाउँपालिका वडा नंं. ४ सिधानिया र ५ कम्दीमा रहेका विभिन्न पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मिठाई नास्ता पसलमा राखिएका मिठाईजन्य समाग्रीलाई राम्रोसंग सिसाभित्र राख्ने, सरसफाईमा विशेष ध्यान दिने, फर्म दर्ता नगरेका पसलहरुलाई दर्ता गर्नुपर्ने, पसलको बोर्ड राख्ने, रसायनको प्रयोग गरि फलफुल बिक्री नगर्न, दर्ता भएका पसलहरुको नियमित नविकरण गर्नुपर्ने जस्ता सुझाव दिइएको गाउँपालिका उपाध्यक्ष साहिदा...