देशमा रहेका समाचारहरु
नेपालगन्ज । नेपालगन्जको वडा नं १३ मा फोहर ब्यबस्थापन सम्बन्धी एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। १३ नं वडाको सहयोग र बाताबरण तथा बाल अधिकार संरक्षण केन्द्र नेपालगन्जको आयोजनामा घर भित्रको फोहर ब्यबस्थापनमा सरोकारकोवालाको भुमिका बिषयक १ दिने कार्यक्रम सोमबार सम्पन्न भएको छ। वडा अध्ययक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आथित्य र आयोजक संस्थाका प्रमुख तेज बिक्रम शाहको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाइ फोहर ब्यबस्थापन सम्बन्धी कुराहरुको बारेमा जानकारी दिइएको थियो। ...
लक्ष्मण बस्नेत, दाङ । दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लब मलवार लिगको शिर्ष स्थानमा रहेको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत सोमबार युनाईटेड युथ क्लब तुलसिपुर लाई सुन्यका बिरुद्ध २ गोल अन्तरले पाखा लगाउदै आफ्ना दुई खेल बरबरी र एक खेलमा जित दर्ता गरेको लक्ष्य युवा क्लब ५ अंकका साथ शिर्ष स्थानमा रह्यो ।लक्ष्यका...
गोलबजार ।ट्रकले ठक्कर दिदा एक जनाको ज्यान गएको छ। आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ८ मा ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । पश्चिमबाट पूर्व गइरहेको ना४ख ९८९७ नम्बरको ट्रकले पैदलयात्री नरहा गाउँपालिका १ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई ठक्कर दिएको हो । चालक र ट्रकलाई नियन्त्रणमा लिइ दुर्घटनाका विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिनुभयो । ...
चितवन । चितवनमा दुईवटा बस ठोक्किँएका छन् ।नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएराति दुई बस ठोक्किँदा २० जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् । ...
लक्ष्मण बस्नेत ,दाङ । दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लब मलवार र स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुरले अंक बाडेका छ्न् । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बिहिवार भएको शसक्त र शानदार खेलमा दुबै टिमले निर्धारित समय सिमा सम्म गोल रहित बराबरी खेलेपछी एक/एक अंक बाडेका हुन् । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा आफुलाई लिगको...
जनकपुर ।जनकपुरधामको एक होटलमा आधा दर्जन भन्दा बढि सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ। होटलको भान्सामा राखिएको ग्याँस सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ । विस्फोटपछि...
लक्ष्मण बस्नेत / दाङ । दाङ जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिता २०७६ मंगलवार देखि अरनिको मैदान तुलसिपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब मलवार र टाईगर क्लब दमारगाउले अंक बाडेका छ्न् । उल्लेख्य दर्शकको उपस्थितिमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सिमा मा गोल रहित बराबरी भएपछी दुबै टिमले एक एक अंक...
लक्ष्मण बस्नेत, दाङ । दाङमा आईबार देखि क्वीक्स कप अन्तर विद्यालय छात्र/छात्रा तथा जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख मेयर घनश्याम पाण्डले गरेका हुन् । समारोहलाई सम्वोधन गर्दै मेयर पाण्डेले खेलकुद मानव जिवनको मेरुदण्ड भएको बताए ! नागरिक स्वस्थ बन्न खेलकुद, आपसी भाईचार तथा अन्तराष्ट्रिय स्तरमा राष्ट्रको...
दाङ ।घोराहीको बजार क्षेत्रमा खानेपानीको चरम अभाब हुदै गएको छ ।चर्को गर्मी सँगै पानीको अभाब हुदै गएपछि विभिन्न आधा दर्जन टोल विकास संस्थाहरुले सरोकारवाला निकायको ध्यानआकर्षण गराएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को लालीगुराँस, जनचेतना, सगरमाथा, स्वर्गद्धारी, सरस्वती र नवजलजला टोल विकास संस्थाको क्षेत्रमा खानेपानीको चरम अभाब भएको हो ।ती टोल विकास क्षेत्रका करिब ७ सय घरधुरीलाई खानेपानीको अभाब भएको खानेपानी तथा सरसफाई सरोकार समितिका अध्यक्ष दुर्गाबहादुर बुढाले...
रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा कैलपाल हस्पिटल एन्ड कलेज र आयोजक द गु्रप अफ सिक्स्टिन बिच सह– प्रायोजक पत्रमा हस्ताक्षर भएको छ । आयोजक संस्थाका अध्यक्ष बिष्णु अर्याल र कलेजका निर्देशक रेवती सिंह बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो पत्रमा कलेजले आयोजक लाई ५० हजार सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ ।...