बाँकेको सुशिल कोइराला क्यान्सर अस्पतालका लागि पनि बजेट छुट्याइयो
प्रकाशित मिति : २०७६, १५ जेष्ठ बुधबार १८:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ । स्वास्थ्यमा ६८ अर्ब ७८ करोड रकम विनियोजन गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १२ अर्ब बढी हो ।
यसवर्ष स्वास्थ्यमा सबै वडाहरुमा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गरिने, न्यूनतम एक चिकित्सकको व्यवस्था गरिने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिने, नागरिक आरोग्य कार्यक्रम लगायत विगतका केही कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यस्तै हाल चितवन जिल्लामा पाइलट प्रोजेक्टका रुपमा रहेको पाठेघरको मुख क्यान्सरविरुद्धको खोपलाई सातै प्रदेशको एक जिल्लाबाट सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरिइएको छ । पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिंदै पुुनः वडास्तरबाट नै अभियानलाई प्रभावकारी बनाउने बताइएको छ । आमा बच्चा प्रसूति सुरक्षा कार्यक्रमलाई प्रभाकारी बनाउन अस्पतालमै सुत्केरी गराउन प्रोत्साहन गर्न यातायात खर्चतर्फ २ अर्ब २२ करोड विनियोजन गरिएको छ ।
बालस्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब छुट्याइएको छ ।यस्तै स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्चबापत वार्षिक ३ हजारका दरले दिने घोषणा गर्दै १५ करोड विनियोजन गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा वीर अस्पताल, रामराजाप्रसाद सिंह अस्पताल, मनमोहन कार्डियोभास्कूलर अस्पताल, बाँकेको सुशिल कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला स्वासप्रश्वास अस्पताल लगायतका अस्पतालका लागि समेत बजेट विनियोजन गरिएको छ । विभिन्न निर्माणाधीन अस्पतालहरुको भवन निर्माणका लागि ५ अर्ब ५७ करोड रकम छुट्टाइएको छ भने वीर अस्पतालको दुवाकोटस्थीन जग्गामा निर्माण कार्य अघि बढाउनको लागि ४० करोड रकम घोषणा गरिएको छ । यस्तै देशभरका प्राथमिक अस्पतालहरुमा चौबिसै घण्टा टेलिमेडिसिन परामर्श सेवा उपलब्ध गराउने योजना पनि अघि सारिएको छ ।