सेनाले बारा–पर्साका हावा पीडितका लागि आजबाट घर बनाउन सुरु
प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार १०:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण आजबाट सुरु भएको छ। नेपाली सेनाले साउन १२ गते हस्तान्तरण गर्नेगरि बारा र पर्सामा १४ सय ५३ वटा घर निर्माण गरीने छ । यसका लागि सेनाका २६ सय अधिकृत र जवान फिल्डमा खटिनेछन्।
सेनाले निर्माण अवधिभर फिल्डमै ब्यारेक बनाएर काम गर्नेछ।‘अप्रेसन जनता आवास’ नाम दिईएको निर्माण कार्यको २८ बाहिनी अड्डाले प्रदेश २ सरकारसँग समन्वयनमा काम गर्नेछ। प्रदेश मुख्य सचिवको नेतृत्वमा रहने पूर्नस्थापना तथा घर पूनर्निर्माण सहजीकरण समितिसँगको सहकार्यमा निर्माण हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रदेशका मुख्य सचिवको अध्यक्षतामा रहेको समितिमा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहरी विकास मन्त्रालयका प्रतिनिधी र सेना सदस्य छन्। सेनाले निर्माण गर्ने घर २ कोठा, एउटा भान्छा र शौचालय सहितको हुनेछ। ढलान सहितको जग, ईटाको गारो र जस्ताको छाना हुनेछ। सेनाले प्रतिघरको लागत ५ लाख ४५ हजार अनुमान गरेको छ।
घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को गए चैत २१ कोे बैठकले सेनालाई जिम्मेबारी दिएको थियो। त्यसको एक महिना पछि सेनाले घर निर्माण सुरुवात गर्न थालेको हो। यसका लागि सरकारले ४८ करोड ६८ लाख रुपैयाँ सेनालाई दिएको छ। सेनालाई बिनियोजित रकम बाहेकको अपुग रकम आफैले हाल्नेछ। सेनाले मौसम र अवस्था राम्रो भए ८२ दिनमै घर हस्तान्तरण गर्ने दाबी गरेको छ।