देशमा रहेका समाचारहरु
दाङ ।असुरक्षित महशुस भएको भन्दै दाङमा ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको समयमा असुरक्षित भएको भन्दै ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका हुन् । तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी क्षेत्रका ९ जना व्यक्तिहरुले बैधानिक हतियार बुझाएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । विप्लव समूहको नेकपाको गतिविधिलाई मध्यनजर गर्दै सरकारले अवैध...
दाङ । ईनारमा खस्दा एक जनाको ज्यान गएको छ। घोराही उपमहानगरपालिका वडा नं १६ सर्रामा निर्माणाधिन ईनारमा खसेर सुनसरी जिल्लाको ईनरुवा नगरपालिका वडा नम्बर ५ बलाहा निवासी २० बर्षीय रञ्जित महतोको ज्यान गएको हो । महतो सोमबार दिउँसो ३ बजेतिर ईनारमा रिङ हाल्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए । ईनारको पानीमा डुबेका महतोलाई उद्धार गरि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको...
काठमाडौं ।नेपाल पत्रकार महासंघले पत्रकारमाथि भइरहेको धरपकड विरुद्ध दबाबमुलक कार्यक्रम गर्ने भएको छ । आज बसेको महासंघको आकस्मिक वैठकले सातै प्रदेशमा दबाबका कार्यक्रम गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । सर्वोच्च अदाललतले रिहा गर्ने आदेश दिएलगत्तै अदालत परिसरबाट पक्राउ गरिएका ‘न्हुगु ज्वजलपा वाःपौं’ का प्रधानसम्पादक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न महासंघले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको हो । आस्था र विचारकै आधारमा पत्रकारहरुलाई पक्राउ गर्ने तथा कार्य...
नेपालगन्ज । बाँकेका अति विपन्न परिवारका दलित, मुस्लिम, अपाङ्गता, एकल महिला र पिछडिएका समुदायका बालबालिकालालाई विभिन्न सामाग्री उपलब्ध गराइएको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरि ति बालबालिकाहरुलाई सो सामाग्री सहयोग वितरण गरेको छ । बाँके जिल्ला अन्र्तगत ३५ जना एकल महिलालाई तीन महिने निशुल्क तालिम र खुट्टाले चलाउने सिलाई मेसिन, २९ जना अपाङ्गता भएकालाई ह्वील चियर, ४८ जना विद्यार्थीलाई साइकल, १...
नेपालगन्ज । एपीएफ क्लवका राजु राईले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिकमा ५ स्वर्ण पदक जितेका छन् । सोमबार पुरुषतर्फ राजुले फ्लोर इभेन्ट्समा स्वर्ण जिते । यस स्पर्धामा एपीएफकै दिनेश सुनुवारले रजत र प्रदेश ३ का उज्ज्वल तिवारीले कास्य जिते । पोमेल हर्समा राजुले स्वर्ण जित्दा एपीएफकै रिकेश तामाङले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते । राजुले पार्लर बारमा पनि स्वर्ण जिते । यस स्पर्धामा प्रदेश ३...
नेपालगन्ज । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ । आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ । महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङलेस्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् । पुरुष छाङ्ग छ्वानमा आर्मीका विजय सिंजालीले स्वर्ण जिते । सोही स्पर्धामा प्रदेश ३ का रविन तामाङले रजत र एपीएफका कृजो...
काठमाडौं । श्रीलंकामा आइतबार भएका ८ वटा श्रृंखलावद्ध बिस्फोटपछि संकटकाल घोषणा गरिने भएको छ। राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कार्यालयले सोमबार मध्यरातदेखि लागु हुने गरी देशभर संकटकाल लागु हुने जनाएको छ। यसैबीच राष्ट्रपति सिरिसेनाले आइतबारको बिस्फोटमा विदेशी आतंकवादी समूहको संलग्नता पहिल्याउन अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। आइतबार श्रृंखलावद्ध ८ बिस्फोटमा परी २९० जनाको मृत्य भएको छ भने पाँच सय जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको...
नेपालगन्ज ।नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् ।नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन । खरेल माओवादी बाँकेको संयोजक हुन भने कोइराला एमाले बाँकेका अध्यक्ष हुन् । नेकपा सचिवालय बैठकको निर्णय सोमबार औपचारिक सार्वजनिक भएको हो। ...
लक्ष्मण बस्नेत / दाङ ।आठौं राष्ट्रिय खेलकूद अन्र्तगत एथ्लेटिक्स अन्र्तगतको फुल र हाफ म्याराथन सोमबार हुने भएको छ । त्यसकालागि रुट पनि तय गरिएको छ । ४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु हुने छ । विहानै शुरुहुने हुने फुल म्यारथनको रुट हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी...
कोहलपुर । आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत जारी पुरुष क्रिकेट प्रतियोगिताको पुल चरणका सबै खेलहरु सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेश र ३ विभागिय टोली प्रतियोगितामा सहभागी भएका थिए । बाँकेको कोहलपुर र भैरहवामा संचालन गरिएको प्रतियोगितामा एपीएफ र त्रिभुवन आर्मी क्लब पोल विजेता भएका छन् । कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न लिग चरणको खेलमा त्रिभुवन आर्मी क्लव पोल विजेता भएको हो भने प्रदेश १ उपविजेता भएको छ । त्यसैगरी पोल...