सरकार विरुद्द पत्रकार महासंघको चरणबद्ध आन्दोलन घोषणा
प्रकाशित मिति : २०७६, ९ बैशाख सोमबार १८:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।नेपाल पत्रकार महासंघले पत्रकारमाथि भइरहेको धरपकड विरुद्ध दबाबमुलक कार्यक्रम गर्ने भएको छ ।
Advertisement
आज बसेको महासंघको आकस्मिक वैठकले सातै प्रदेशमा दबाबका कार्यक्रम गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । सर्वोच्च अदाललतले रिहा गर्ने आदेश दिएलगत्तै अदालत परिसरबाट पक्राउ गरिएका ‘न्हुगु ज्वजलपा वाःपौं’ का प्रधानसम्पादक जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न महासंघले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।
आस्था र विचारकै आधारमा पत्रकारहरुलाई पक्राउ गर्ने तथा कार्य स्थलमा काम गर्न बाधा पुरयाउने कार्य नगर्न पनि महासंघले आग्रह गरेको छ । पक्राउ गरिएका पत्रकारको रिहाई एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि यही वैशाख १० देखि १८ गतेसम्म राजनीतिक पाटीका प्रमुख नेताहरु, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसद्का सभामुख र राष्ट्रियसभाका अध्यक्ष, संसद्मा रहेका विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरु एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाइने कार्यक्रम तय भएको छ ।
यस्तै, बैशाख १८ गते राजधानी काठमाडौंसहित सात वटै प्रदेशका राजधानी रहेका स्थानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि वृहद् ऐक्यवद्धर्ता यालीको आयोजना गरिएको छ ।