देशमा रहेका समाचारहरु

बाल दिवसमा सरसफाइ र सचेतना कार्यक्रम

नेपालगञ्ज। नेपालगञ्जस्थित बाल क्लव आदर्श माविका विद्यार्थीले जनचेतनामुलकसँगै सरसफाई कार्यक्रम गरेका छन् । ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ भन्ने नारासहितको राष्ट्रिय बाल अधिकार दिवसका सन्दर्भमा आदर्श मावि कक्षा ८ का विद्यार्थीहरुले डेंगु विरुद्ध प्रर्चा बाँडेर सचेतना फैलाएका छन् भने सरसफाई समेत गरेका छन् । आज दिउसो विद्यार्थीको समूहले हातमा झाडु बोकेर मुखमा मास्क लगाएर सडक, टोल सफाई गरे भने केहीले डेंगु विरुद्धको पर्चा बाँडनुका साथै सो रोगबाट बच्न...

नेपालगन्ज रंगशालाले लिन लागेको शुल्कको विरोध

नेपालगन्ज ।  असोजबाट नेपालगन्ज रंगशालामा आमनागरिकबाट लिइने शुल्कप्रति नागरिक सामाज अगुवाहरुले विरोध जनाएका छन। स्वास्थ्यलाई मध्यनजर गर्दै रंगशालामा विहान बेलुका शारिरीक अभ्यासका लागि जाने बालबालिका, युवा, महिला, जेष्ठ नागरिक, लगायतबाट प्रबेश शुल्क लिने निर्णय भएपछि त्यसको विरोध जनाइएको हो । नेपालकै कानूनमा शिक्षा, स्वास्थ्य निशुल्कको व्यवस्था रहेको र स्वास्थ्यका लागि खेलकुदमा गैरकानूनी शुल्क लिने निर्णयको विरोध गर्दै शुल्क मिनाहा गर्नुपर्ने स्थानीयको माग छ । यसैविच शुल्क खारेजी लगायतका सवालमा खेलकुद...

पानीमा डुबेर ३ जना बालिकाको मृत्यु

रौतहट । रौतहटमा पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। माछा मार्न गएका इशनाथ नगरपालिका १ वन्जराहाका तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बृजनन्दन यादवका १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साहका ७ वर्षकी छोरी सरिता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए धान खेतसँगै को खाल्डोमा माछा मार्न गएका तीन बालिका डुवेका थिए...

यात्रुबहाक बसमा आगलागी,मानबीय क्षति भने भएन्

बुटवल । कञ्चनपुरबाट काठमाडौं छटेेेेको बसमा आगलागी भएको छ।बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो। उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। “त्यहाँबाट आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने...

दुई पक्षबीच विवाद हुँदा प्रहरीले ६ राउण्ड गोली चलायो

जनकपुर । रौतहटमा दुई पक्षबीच विवाद हुँदा प्रहरीले गोली चलाएको छ। राजुर नगरपालिका–६ स्थित मोहर्म मनाउने क्रममा मुस्लिम समुदायका केही युवाले बुधबार साँझ छठ घाटमा बनाएको मूर्ति भत्काएर झण्डा गाड्न खोजेपछि विवाद हुँदा प्रहरीले हवाई फायर गरेको हो । तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। प्रहरीले बल प्रयोग गरेपछि भिड तित्तरबित्तर भएको र परिस्थिति सामान्य बनेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी...

कैलालीमा डल्फिन महोत्सव हुँदै

नेपालगंज।मानिसको थलको सबै भन्दा नजिकको मित्र जनावर कुकुर हो भने जलमा पाउँने मानिसको नजिकको जनावर डल्फिन हो । यसरी मानिसको नजिक एवं विश्वमा नै संकट अवस्थामा रहेको जनावर डल्फिनको यही भदौ २८ गते देखी तिन सम्म महोत्सव कैलालीमा हुने भएको छ । कैलाली पुर्वी भागमा पर्ने टीकापुर नगरपालिका भजनी नगरपालिका र जोशीपुर गाउँपालिका अन्तरगत पर्ने पथरैया ,काँडा र मोहनीनदीको पानीको वहाव बढ्दा डल्फिन देखीने भएको हुदाँ यही क्षेत्रको विकास...

प्रधानसेनापति थापाले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आफ्नो सम्पत्ति विवरण नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेका छन्। सेनाका सबै रथी र अधिकृतले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान अन्तर्गत थापाले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। ‘मैले आजैका मितिमा वेबसाइटमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै उनले भने। उनले भ्रष्टाचारमा शून्य सहनशीलता...

लागूऔषधसहित एकजना पक्राउ

नेपालगन्ज  । लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नियमित चेक जाँच का क्रममा काँकरभिट्टाबाट काठमाडौं जादै गरेको ना ७ ख १०५५ नम्बरको बसबाट आज इलामका कञ्चन प्रधान   पक्राउ परेेेका हुन् । उनको साथबाट प्रहरीले ४७.७ ग्राम ब्राउन सुगर बरामद भएको हो। प्रधानलाई नागढुङ्गा चेक पोइन्टबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।पक्राउ परेका प्रधानलाई हिरासतमा लिई आबश्यक अनुसन्धान भइरहेको छ।     ...

आफ्नै छिमेकी वडा अध्यक्षलाई कुटपिट गरेको भन्दै अर्का वडा अध्यक्ष पक्राउ

काठमाडौं । एक जना वडा अध्यक्षले अर्का वडा अध्यक्षलाई कुटपिट गरेको आरोप पिडक अध्यक्ष पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर आफ्नै छिमेकी  वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर  ८ का अध्यक्ष अजय लुइँटेल पक्राउ परेका छन्। उनले वडा नम्बर ७ का अध्यक्ष सुरेश थापालाई  कुटपिट गरेको आरोप लागेको छ। अध्यक्ष लुइँटेलले असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा आफूमाथि कुटपिट गरेको थापाले उजुरीमा उल्लेख गरेका छन्।...

एउटैै जिल्लामा एकैदिनमा तीन जनाद्वारा झुण्डिएर आत्महत्या

पर्सा । एउटैै जिल्लामा एकैदिनमा तीन जना झुण्डिएर आत्महत्या गरेका छन् ।पर्सा जिल्लाका विभिन्न स्थानमा  तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।वीरगञ्ज महानगरपालिका २७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा...