प्रधानसेनापति थापाले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे
प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलवार २०:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आफ्नो सम्पत्ति विवरण नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेका छन्। सेनाका सबै रथी र अधिकृतले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान अन्तर्गत थापाले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
Advertisement
‘मैले आजैका मितिमा वेबसाइटमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै उनले भने। उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने पनि स्पष्ट पारे। ‘संगठनमा अझै केही घाउ, खटिरा हुन सक्छन्, क्यान्सर बाँकी रह्यो भने सेनालाई दुःख दिन्छ, म हिरो बन्न सुधारको प्रयास थालनी गरेको होइन, उत्तराधिकारीलाई पनि गलत बाटो हिँड्नु नपर्ने गरी बाटो बनाएर जान्छु,’ उनले भने। प्रधानसेनापति थापाले आगामी वर्ष आफू केही कठोर हुनेतर्फ पनि सजग गराएका छन्।
कति छ प्रधानसेनापतिको सम्पत्ति ?
वेबसाइटमा सार्वजनिक गरिएको प्रधानसेनापतिको सम्पत्ति विवरणअनुसार उनको नाममा काठमाडौं-२६ मा ८ आना ३ पैसा २ दाम जग्गा, लमजुङको वेशीशहर नपा-४ मा पैतृक सम्पत्ति १२ रोपनी २ पैसा २ दाम, श्रीमती दीपा थापाको नाममा माइतीबाट प्राप्त कामपा-२६ मा २ आना २ दाम, पति-पत्नीको नाममा कामपा-५ मा ४ रोपनी ११ आना ४ पैसा, पति–पत्नीको नाममा नवलपरासीको कोल्हुवा ५ मा १२ आना ६ पैसा र छोरी रुरु थापाको नाममा लमजुङको वेशीशहरमा १ रोपनी १ पैसा ३ दाम जग्गा रहेका छन्।
यस्तै, १० लाख बराबरको सुन ५५ तोला, चाँदी ५९० तोला र हिराको हार र औंठी रहेको जनाइएको छ।
यस्तै, थापाको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा १६ लाख ६१ हजार ८ सय ९८।६४ रुपैयाँ, सोही बैंकमा ५ हजार ९ सय ७० डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार २ सय ९३ र मेघा बैंकमा ५० हजार रुपियाँ श्रीमती दीपा थापाको नाममा रहेको उल्लेख छ।