नेपालगञ्ज गोल्डकपको तेस्रो संस्करण जेठ २१ गतेदेखि खजुरामा
प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतवार १०:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,१३ जेठ। नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही जेठ २१ गतेदेखि २८ गतेसम्म खजुरा गाउँपालिकाको डि गाउँमा हुने भएको छ। टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०७५ नाम दिइएको प्रतियोगितामा देशभरका ८ टिमको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
Advertisement
संघले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालगञ्ज ११, सुदुरपश्चिम ११, लाली रुपन्देही ११, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, संकटा क्लब, भारतको पञ्जाब ११ र च्यासल फुटबल क्लब काठमाण्डौले प्रतियोगितमा सहभागिता जनाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।
डिगाउँस्थित नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेतालाई २ लाख ५१ हजार रुपैयाँ नगद पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । ७५ लाखको लागतमा हुन लागेको प्रतियोगिता यसअघि नेपालगञ्ज रंगशालामा हुने भनिए पनि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रंगशालाको निर्माण कार्य चलिरहेकाले अन्तिम समयमा आएर स्थगित भएको थियो ।