टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप: मात्र दुई दिन बाँकि
प्रकाशित मिति : २०७५, १९ जेष्ठ शनिबार ०८:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
गोल्डकप प्रतियोगितामा सहभागी हुने क्लबहरुमा आयोजक नेपालगञ्ज ११, सुदुरपश्चिम ११, लाली रुपन्देही ११, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, संकटा क्लब, भारतको पञ्जाब ११ र च्यासल फुटबल क्लब रहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो।
खजुरा डिगाउँस्थित नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा जेठ २१ गते देखि शुरू हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेतालाई २ लाख ५१ हजार रुपैयाँ नगद पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । ७५ लाखको लागतमा हुन लागेको प्रतियोगिता यसअघि नेपालगञ्ज रंगशालामा हुने भनिए पनि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रंगशालाको निर्माण कार्य चलिरहेकाले अन्तिम समयमा आएर स्थगित भएको थियो।