नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

नेपालगञ्जको वडा नम्बर ८ मा संचालित शहरी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न् बनाउदै

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ८ ले वडाभित्र संचालित शहरी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न् बनाउने नीति लिएको छ । आधारभुत स्वास्थ्य सेवा आम नागरिकलाई उपलब्ध गराउन सहज होस भनेर केन्द्र लागि अत्यावश्यक सामाग्री सहयोग गरेको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र गुप्ता(बैश्य), वडा सदस्य बिवेक वाजयपेयी लगायतले उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतम र केन्द्रका प्रमुख टेकबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गर्नुभयो । सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष...

नेपालगञ्जको वडा नं ४ मा छात्रा विद्यालयमा प्रोत्साहन कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जको सल्यानीबागमा संचालनमा आएको नमूना छात्रा विद्यालयमा विद्यार्थीलाई नियमित टिकाई राख्नका लागि अभिभावकलाई खाने तेल वितरण गर्ने कार्यक्रम सुरु गरिएको छ । मासिक ८५ प्रतिशत भन्दा बढि नियमित उपस्थित हुने विद्यार्थीलाई हाजिरीको आधारमा मासिक २÷२ लिटर खाने तेल उपलब्ध गराउन थालिएको हो । मङ्गलबार पहिलो पटक ८५ जना विद्यार्थीका अभिभावकलाई खाने तेल वितरण गरिएको हो। यसै शैक्षिक सत्रदेखि संचालनमा आएको विद्यालयमा २३५ जना विद्यार्थी भर्ना भएका छन् ।...

मनकारी नेपालगञ्जका मेयर जसले १० लाख बढी सहयोग गरे

नेपालगञ्ज । नेपालगञ्जका मेयर जसलाई बच्चादेखि वृद्धसम्मले धेरै माया गर्छन् , उहाँ  हुनुहुन्छ डा. धवल शमशेर राणा । मेहनती र दयालु स्वभाबका मेयर राणामा घमण्ड भन्ने कुरा एकरति पनि छैन् ।त्यसैले त नेपालगञ्जबासी भन्छन् -मेयर भनेको धवल जस्तो। दुुुई बर्ष अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । मेयरमा निर्वाचित भएको दुईबर्षमा डा. राणाले सम्पूर्ण तलबभत्ता गरि १० लाख बढि रुपैया सामाजिक...

नेपालगञ्जको वडा नम्बर २२ बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीले मंगलबारदेखि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा अध्यक्ष विद्याराम वर्माले प्रभु बैंकसँग सहकार्य गरि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जानकारी दिनुभयो । वडा कार्यालयमै भत्ता पाउने भएपछि जेष्ठ नागरिक लगायत वडा कार्यालयमा पुगेका छन् । भत्ता वितरण कार्य बुधबारसम्म चल्नेछ । बुधबारसम्म पनि भत्ता लिन नपाएकाहरुका लागि पछि छुट्टै ब्यवस्था गरिने भएको छ ।...

बिकास नै मेरो पहिलो प्राथमिकता हो: वडा अध्यक्ष बर्मा

नेपालगञ्ज।विद्या राम बर्मा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हुनुहुन्छ । पुरैनी निवासी बर्मा नेपाली काँग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसका वडा सभापति पनि हुनुहुन्छ । २०४७ सालमा राजनैतिक यात्रा शुरुवात गर्नुभएका बर्माले २०५३ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ २ पटक इकाई सचिव हुँदै १२ औं महाधिबेशनबाट इकाई सभापति हुनुभएको थियो । पार्टीका विभिन्न पद र सामाजिक क्षेत्रमा रही काम गरेको...

क्रीते अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुखसहित ६ जना  पक्राउ

नेपालगन्ज ।कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख (उपसचिव) दीर्घ पोखरेलसहित ६ जना  पक्राउ परेका छन् ।सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने ६ जना मालपोतका कर्मचारीलाई नेपाल प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर...

बाँकेका नयाँ ट्राफिक प्रमुखका योजना:सडकमै घुम्ती प्रशिक्षणदेखि जनचेतनाका कार्यक्रम

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लाको ट्राफिक ब्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमदेखि सडकमै घुम्ती प्रशिक्षण गरिने बताउनुभएको छ । नेपालगन्जमा आज पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख बमले पार्किङ समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने बताउनुभयो । छाडा पशु चौपाया पनि नेपालगन्जको मुख्य चुनौति भएको भन्दै उहाँले उपमहानगरसंग सहकार्य गरेर कान्जीहाउसमा छाड्ने...

नेपालगन्जको धम्बोझी चोकमा आज साँझ धुमधामका साथ “गुरही पर्व” मनाईदै

भगतराम थारु/नेपालगन्ज। थारु समुदायमा धुमधामका साथ गुरही पर्व २०७६ मनाइँदै छ । गुरही पर्वको पावन अवसरमा आज साँझ नेपालगन्जको धम्बोझी चोकमा सांस्कृतिक कार्यक्रम सहित गुरही पर्व २०७६ मनाउने  आयोजकले जनाएको  छ। थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ नेपाल बाँके, थारु विद्यार्थी परिवार बाँके मुक्त कमलरी विकास मंच र थारु कलाकार मञ्च बाँकेको सयुक्त आयोजनामा गुरही पर्व मनाउन लागिएको हो। थारु समुदायको पहिलो चाड ‘गुरही पर्व’ नेपालगन्जको धम्बोझी चोकमा थारु...

पत्रकार विरहीलाई नेपालगञ्जका मेयरले गरे एक महिनाको पारिश्रमिक सहयोग

नेपालगञ्ज । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले एक महिनाको पारिश्रमिक बरिष्ठ पत्रकार रेशम विरहीको उपचारका लागि सहयोग दिने हुनुभएको छ। नेपालगञ्जमा लामो समय पत्रकारिता र साहित्यमा योगदान दिनु भएका वरिष्ठ पत्रकार बिरहीको क्यान्सर रोगसँग संघर्षरत रहेको खबर पाएपछि आफु दुखित र मर्माहित भएको प्रमुख डा. राणाले बताउनुभयो । विरहीको उपचारका लागि एक महिनाको तलब र भत्ता गरि ५० हजार रुपिया सहयोग गर्ने प्रमुख राणाले बताउनुभयो। नेपालगञ्जको प्रमुखमा निर्वाचित भएपछि...

भेरी अस्पतालमा डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा

नेपालगन्ज । भेरी अस्पताल डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा परेका छन् । अस्पतालको  हेमोडायलासिस युनिटमा उपचारको लागि आउने विरामीको चाप बढ्दो छ । विरामीको चाप अनुसारको डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा परेका छन् । भेरी अस्पतालमा मृगौलाको विरामीको चाप अनुसारको डायलासिस मेसिनको अभावमा ठूलो संख्यामा रहेका विरामीलाई सेवा दिन नसक्दा विरामी रोग थप्दै मृत्यु पर्खदै बस्नु परेको अवस्था छ । चारवटा मेसिन...