मनकारी नेपालगञ्जका मेयर जसले १० लाख बढी सहयोग गरे
प्रकाशित मिति : २०७६, २१ श्रावण मंगलवार १४:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्जका मेयर जसलाई बच्चादेखि वृद्धसम्मले धेरै माया गर्छन् , उहाँ हुनुहुन्छ डा. धवल शमशेर राणा । मेहनती र दयालु स्वभाबका मेयर राणामा घमण्ड भन्ने कुरा एकरति पनि छैन् ।त्यसैले त नेपालगञ्जबासी भन्छन् -मेयर भनेको धवल जस्तो। दुुुई बर्ष अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । मेयरमा निर्वाचित भएको दुईबर्षमा डा. राणाले सम्पूर्ण तलबभत्ता गरि १० लाख बढि रुपैया सामाजिक कार्यमा खर्च गर्नुभएको छ । डा. राणाले क्यान्सर लगायत गम्भिर खालको रोगका विरामीको उपचार, गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग तथा विभिन्न सामाजिक सङ्घ संस्थालाई मासिक तलबभत्ता गरि ५० हजार रुपिया वितरण गर्दै आउनुभएको छ ।
Advertisement
उहाँले हालसम्म विश्वकर्मा मन्दिर, सत्य निंरकारी मण्डल, मानव धर्म सेवा, निल सागर बृद्धाश्रम, ब्रहमाकुमारी इश्वरीय विश्व विद्यालयलाई सहयोग गर्नुभएको छ । यसैगरी एमबिबिएस अध्ययनरत खजुराकी प्रतिमा शर्मासहित अन्य३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग गर्नुभएको छ । यसैगरी तीनजना क्यान्सर रोग लागेका विरामीलाई डा. राणाले तलबभत्ता सहयोग गर्नुभएको छ ।
राणा दुई दशकअघि नेपालगञ्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पाँचबर्षसम्म तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नुभयो ।दुई दशकपछि फेरी नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि डा. राणाले पहिलो कार्यकाललाई अनुशरण गर्दै तलबभत्ता सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । पहिलो कार्यकालमा राणाले महिलालाई धोती वितरण गर्नुभएको थियो भने भेरी अस्पतालमा प्रतिक्षालय निर्माण गर्नुभएको छ ।
जनताको सेवा गर्नका लागि सरकारबाट पैशा लिनु हुदैन भन्ने मेरो मान्यता रहेको छ, डा. राणाले भन्नुभयो,– नेताहरु भ्रष्ट हुन्छन भन्ने बुझाईलाई तोड्न आवश्यक छ ।