नेपालगञ्जको वडा नम्बर ८ मा संचालित शहरी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न् बनाउदै
प्रकाशित मिति : २०७६, २२ श्रावण बुधबार २०:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ८ ले वडाभित्र संचालित शहरी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न् बनाउने नीति लिएको छ ।
आधारभुत स्वास्थ्य सेवा आम नागरिकलाई उपलब्ध गराउन सहज होस भनेर केन्द्र लागि अत्यावश्यक सामाग्री सहयोग गरेको छ ।
बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र गुप्ता(बैश्य), वडा सदस्य बिवेक वाजयपेयी लगायतले उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतम र केन्द्रका प्रमुख टेकबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गर्नुभयो ।
सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष वैश्यले वडालाई स्वास्थ्यको क्षेत्रमा नमूना बनाउन आफुहरु प्रयासरत रहेको बताउनुभयो । उहाँले केन्द्रमा सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु प्रर्याप्तमात्रामा हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बैश्यको पहलमा औद्योगिक क्षेत्र अगाडी रहेको नेशनल प्याथल्यावले वडा कार्यालयको सिफारिस सबै जाँचमा ५० प्रतिशत छुट दिने भएको छ ।
सो अवसरमा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख गौतम, केन्द्रका प्रमुख शाही, वडा सदस्य वाजपेयी, महिला स्वास्थ्य स्वयमसेविका शान्ति राणा, इन्द्रा कनौजिया लगायतले वडा कार्यालयले अत्यावश्यक सामाग्री सहयोग गरेपछि नागरिकलाई आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो ।
रेफ्रिजेरेटर, इन्भर्टर, अटोक्लेभ मेसिन र एउटा सइया गरि एक लाख तीन हजार रुपिया बढिको सामान केन्द्रलाई हस्तान्तरण गरिएको हो।
Advertisement