नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

“गुरही” पर्व नेपालगन्जमा भव्य रुपमा मनाईने

भगतराम थारु/नेपालगन्ज।थारु समुदायको पहिलो चाड “गुरही” पर्व २०७६ नेपालगन्जमा भव्य रुपमा मनाउने भएको छ । यही साउन २० गते थारु समुदायहरुले बिशेष पर्वको रुपमा मनाउने गुरही पर्व थारु समुदायको पहिलो पर्व भएको हुनाले तामझामका साथ यो पर्व मनाउने थारु अगुवा बुद्धिजिवीहरुले बताएका छन् । थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ नेपाल बाँके, थारु विद्यार्थी परिवार बाँके र थारु कलाकार मंच बाँकेको सयुक्त आयोजनामा हुने गुरही पर्वमा सांस्कृतिक कार्यक्रम...

“अध्यक्ष होस् त सफिक दाई जस्तो”

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको विकासप्रेमी डाइनामिक वडा अध्यक्ष मध्येका एक हुन् मो.सफिक बेहना । सहयोगी मिजासका बेहना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हुन् । स्थानीय निर्वाचनमा बेहना राप्रपा बाट वडा अध्यक्षमा विजयी भएका हुन् । वडा अध्यक्षमा निर्वाचित भएपछि विकास निर्माणलाई बेहनाले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनको नजरमा सबैभन्दा ठूलो काम बिकास निर्मााण हो। आफू निर्बाचित भएको २ बर्षको अवधिमा वडा नम्बर ४ मा...

“शौचालय जादा बान्ता आउला झै हुन्छ”…

नेपालगन्ज ।नेपालगन्जको प्रहरी ब्यायामशालाको भाडामा दिइएको भवनको शौचालय अति दयनिय अवस्थामा रहेको छ। महिनाको २५५०० रुपैयाँ भाडा तिरेर ब्याबसायी गर्ने ब्यापारीहरुले त्यहाँको शौचालयमा शौच गर्दानि मुख थुनेर गर्नुपर्ने अवस्था छ। अझ कुनै रुघा लागेको ब्यक्ति ५ मिनेट सम्म त्यस शौचालयमा बस्यो भने रुघानै ठिक हुने दुर्गन्ध छ ती शौचालयमा।२९ वटा सटर रहेको लामो भवनमा २ ब्लक गरि जम्मा ६ वटा शौचालय रहेका छन् । अहिले दक्षिण तर्फ रहेको ३ वटा...

नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सार्बजनिक घुम्ती शौचालय थन्किए

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा  ल्याएका सार्बजनिक घुम्ती शौचालय अहिले  थन्काएको अवस्थामा रहेका छन् । केही समय चोकचोकमा राखिएका घुम्ती शौचालय लामो समयदेखि जिल्ला समन्वय समितिको सवारी पार्किङ्गमा थन्काइएको छ । शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा ४ वटा घुम्ती शौचालय ल्याएको थियो । ती शौचालयलाई शहरका भिडभाड हुने चोकमा राखिएको थियो । ठेकेदार मार्फत सञ्चालनमा गरिएका घुम्ती शौचालय प्रयोग गरे वापत निश्चित शुल्क दिनुपथ्र्यो ।तर,कसैले त्यसरी पैसा...

भेरी अस्पतालको इमरजेन्सी बिभागमा जनशक्ति अभाबमा बिरामीलाई  समस्या

नेपालगन्ज ।भेरी अस्पतालको इमरजेन्सी बिभागमा आबश्यक जनशक्ति नहुदा बिरामीलाई  समस्या पर्दै आएको छ। चिकित्सक अभावका कारण अत्यावश्यक सेवाकालागि अस्पताल पुग्ने अधिकाशं विरामीहरुले जोखिम मोल्दै आएका छन ।भेरी अस्पतालमा उपचारको लागि भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका ५ का २६ वर्षीय नोसाहद सेकले आफु भर्ना भएदेखि १ पटक मात्र डक्टर आएको बताए । प्राय डक्टर नआउने आएपनि कुनै वास्ता नगर्ने गरेको सेकले गुनासो गरे । त्यस्तै जिल्ला दाङ तुल्सीपुर नगरपालिका १४ की २२...

बाँके ट्रक यातायात सेवा प्रालि र लखनउको सुषमा हस्पिटलबिच सम्झौता

नेपालगन्ज ।बाँके ट्रक यातायात सेवा प्रालि र भारतको लखनउको सुषमा हस्पिटलबिच सम्झौता भएको छ।दुर्घटनाका घाइतेको उपचारका लागि बाँके ट्रक यातायात सेवा प्रालिले भारतको लखनउस्थित सुषमा हस्पिटल एण्ड रिसर्च सेन्टरसंग लिखित सम्झौता गरेको छ । सम्झौता पत्रमा समितिका अध्यक्ष महेन्द्र मल्ल र रिसर्च सेन्टरका तर्फबाट मनीषकुमार उपाध्यायले हस्ताक्षर गरे । अबदेखि बाँके ट्रक यातायात सेवा प्रालि अन्र्तगतका ट्रकबाट हुने दुर्घटनाका घाइतेको उपचारको उक्त रिसर्च सेन्टरले गर्ने छ । त्यसवापत समितिले बिरामी...

बाँकेमा एनसेलका दुई वटा टावरमा आगजनी

नेपालगञ्ज । बाँकेमा एनसेलका दुई वटा टावरमा अज्ञात समुहले आगजनी गरेको छ । डुडुवा गाउँपालिका–४ मेहमानपुर कम्दी र नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० मनिकापुर नयाँबस्तीमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपररिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । गएराति डेढ बजेतिर भएको आगजनीबाट टावरका तारहरुमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनुभयो । प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लब’ समूहले आगजनी...

नेपालगन्जको छाडा चौपाया ब्यबस्थापनबारे उप-प्रमुख सग छलफल

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका भित्र अहिलेकाे एउटा जटिल समस्या भनेकाे छाडा चौपाया हो। छाडा चौपायाले गर्दा नगरको सौन्दर्य लगायत दुर्घटना समेत निम्त्याएको छ। अब यस समस्यालाई कसरी ब्यबस्थापन र न्यूनिकरण गर्न सकिन्छ भनेर नेपालगन्ज उपमहानगरपालिका र एनिमल नेपाल बिच बुधवार महत्वपूर्ण छलफल भएको छ। नेपालगन्ज उपमहानगरपालिका उप- प्रमुख उमा थापा मगर सग ब्रिटेनका रोबिन ब्र्याडि, एनिमल नेपालका कार्यकारी निर्देशक हरि जोशी,एनिमल नेपालकै सुचना अधिकृत राधा गुरुङ , एनिमल नेपाल नेपालगन्ज का...

नेपालगञ्जका बिकासप्रेमी वडा अध्यक्ष ओमकारनाथ मिश्रा

नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाको बिकासप्रेमी वडा अध्यक्षमा पर्ने एक हुन्  ओमकारनाथ मिश्रा ।निजामती सेवाबाट राजिनामा दिई प्रत्यक्ष पार्टी राजनीतिमा होमिएका ओमकारनाथ मिश्रा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ भवानियापुरको वडा अध्यक्ष हुनुहुन्छ । गत स्थानीय निर्वाचनमा मिश्रा साविक नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएको हो । ५० को दशमा तत्कालिन नेकपा एमालेमा आवद्ध हुनुभएका मिश्राले २०५३ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभएको हो । सोही क्रममा पार्टीले टिकट दिने भएपछि सरकारी सेवामा राजिनामा...

छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै महिलाहरुले गरे नेपालगञ्जमा चक्काजाम

नेपालगञ्ज। छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै महिलाहरुले नेपालगञ्जमा चक्काजाम गरेका छन्  । मधेशी समुदायका केही महिलाहरुले मंगलबार दिउसो चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरे । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् । २० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने  हुुुँदा कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जनाएका छन् । उनीहरुले आफूहरुको माग पूरा गराउनुपर्ने माग गर्दै चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका...