नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

अन्तर वडा स्तरीय क्रिकेटको खेल तालिका सार्वजनिक,कस्को खेल कहिले ?

सुनिल रेग्मी नेपालगन्जमा यही २४ गतेबाट शुरु हुने अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक ‘द ग्रुप अफ १६ युवा क्लव’ पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडाको टीमको सहभागिता रहने आयोजकका सदस्य तरुण बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख विजेतालाई ५० हजार, म्यान अफ द सिरिजलाई स्पोर्टस गियर साइकल, उत्कृष्ट ब्याट्सम्यानलाई क्रिकेट किट, उत्कृष्ट बलर...

सदभावको पर्व ईद नेपालगन्जमा धुमधामका साथ मनाइदै

नेपालगन्ज। आज देशैभरी इद पर्व मनाइदै छ।मुस्लिम समुदायको महान पर्व ईद नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । ईदको अवसरमा यहाका मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढेका छन । सामुहिक नवाजका क्रममा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, प्रदेस सभा साम्सद मोहम्मद याकुब अन्सारी, नेपाालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो . सफिक बेहना, जनप्रतिनिधिहरु, मुस्लिम अगुवा, समाजसेबि मो. जुनैद कादरी  लगायत  हजारौको संख्यामा उपस्थिति रहेको...

नेपाली कांग्रेस बाँकेले जेठ २५ नेपालगन्जमा बृहत प्रर्दशन गर्दै

नेपालगन्ज ।राष्ट्रिय जागरण अभियान अन्तर्गत बृहत प्रर्दशन तथा सभा गर्ने नेपाली कांग्रेस बाँकेले तयारी गरेको छ । यही जेठ २५ गते नेपालगन्जमा बृहत प्रर्दशन तथा सभा गर्न लागेको हो । बृहत प्रर्दशन तथा सभाको तयारीका लागि पार्टीका नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा प्रचार–प्रसार, क्षेत्र नम्बर ३ का सभापति रमेश गुप्ताको संयोजकत्वमा मञ्च ब्यवस्थापन लगायत उपसमिति गठन गरिएको छ । प्रर्दशन र सभामा हजारौं कार्यकर्ता तथा सर्बसाधारणको सहभागिता रहने कांग्रेस...

लागु औषध दुव्र्यसन विरुद्धका कार्यक्रम बारे नेपालगञ्जमा अनुगमन

नेपालगञ्ज । लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत संघ संस्थाका कार्यक्रम बारे अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा विभिन्न संस्थाद्धारा सम्पन्न लागु औषध विरुद्धका कार्यक्रमको उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सोमबार अनुगमन गरेको हो । उपमहानगरपालिकाले लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत सहारा हाउस, प्रेरणा पुनस्र्थापना केन्द्र, नव किरण पनस्र्थापना केन्द्रको स्थलगत अनुगमन गरेको हो । नयाँ आशा, सामना पुनसर््थापना केन्द्र, प्रयास नेपाल र नव दृष्टिमहिला पुनस्र्थापना केन्द्र...

नेपालगञ्जमा एक महिने निःशुल्क ड्राईभिङ तालिम सुरु

नेपालगञ्ज ।नेपालगञ्जमा एक महिने निःशुल्क हलुका सवारी चालक (कार जिप ) ड्राईभिङ तालिम आजबाट सुरु भएको छ । स्वतिक मोटर ड्राईभिङ स्कूलको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक महिने तालिम सुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका एक सय जना व्यक्तिहरुलाई तालिम प्रदान गरिने स्वतिक मोटर ड्राईभिङ स्कूल सञ्चालक एहसान महमद हलुवाईले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य एवं तालिम संयोजक कौशल कुमार धोवीले गाडी चलाएर एक...

उत्कृष्ट कार्य गरेका बाँके ट्राफिक प्रमुख रोकाय लगायत नायब निरीक्षक पौडेल पुरस्कृत

नेपालगन्ज । प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालयले एक दर्जन कर्मचारीहरुलाई पुरस्कृत गरेको छ। जिल्ला तथा आफ्नो मातहतको ट्राफिक ब्य्बस्थालाई चुस्तदुरुस्त राख्ने बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय समेत पुरस्कृत भएका छन् । निरीक्षक रोकाय बाँके जिल्ला ट्राफिक ब्यबस्थापनका लागी उत्कृष्ट कार्य गरेका छन् । आफ्नो एक बर्षको कार्यकालमा नेपालगन्ज उपमहानगर भित्र हर्न निषेध लगायत राजमार्ग सुरक्षाका लागी समेत कार्य गरेका छन् । उनले ९० लाख रुपैया बराबर बाँकेबाट...

जन्मदिनमा उपप्रमुखद्धारा शैक्षिक सामाग्री प्रदान

नेपालगञ्ज ।नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले आफनो जन्मदिनको अवसरमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । काँगे्रस यूवा नेतृ समेत रहनु भएकी थापामगरले आज एक समारोहबीच नेपालगञ्ज –४ सल्यानीवागस्थित श्री आधारभुत (छात्रा) विद्यालयका ५ छात्रालाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । पढाईमा मद्यत पुगोस् भन्ने उद्येश्यले किताव राख्ने झोला, एक÷एक दर्जन कापी र डटपेन प्रदान गरिएको हो । सो सामाग्री कक्षा ८ अध्यनरत रिता पथिक,...

बाँकेमा इदुलफित्र पर्व मनाउन खाध्यान्न सहयोग

नेपालगन्ज। बाँकेमा इदुलफित्र पर्व मनाउन अति बिपन्न मुस्लिम परिवारलाई  खाध्यान्न सहयोग गरिएको छ।कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले इस्लाम धर्मालम्बीहरुको महान चाड रमजान इदुलफित्र पर्व मनाउन सहयोग पुग्ने उद्देश्यले अति विपन्न ४ सय १० जना मुस्लिम परिवारलाई २५ किलो चामल र १ किलो खजुरी आज एक कार्यक्रमका विच वितरण गरेेेको छ । नेपालगन्जमा सामाग्री हस्तान्तरण गर्दै शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, नेपाल राष्ट्रिय आयोग युनेस्कोका सदस्य हरिवंश किराँतले रमजान चाड पर्वको...

नेपालगन्जमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा प्रभात मेमोरियल स्कुल प्रथम

नेपालगन्ज । नेपालगन्जमा सम्पन्न बाल क्लबका सदस्यहरु र बिद्यार्थीबिच भएको हाजिरीजवाफ प्रतियोगितामा भृकुटीनगर स्थित प्रभात मेमोरियल स्कुल प्रथम भएको छ। इन्प्रोकको सहजीकरण तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को सहयोगमा ११ टोलीलाई उछिन्दै प्रभात मेमोरियल स्कुल प्रथम भएको हो। १० नम्बर का वडा अध्यक्ष बिन्दु भुशन बस्नेतको प्रमुख आथित्य र इन्प्रोकका प्रमुक तेज बिक्रम शाहको अध्यक्षमा सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितालाई ३ राउन्डमा खेलाइएको थियो। प्रभात मेमोरियल स्कुल दोश्रो र तेस्रो...

नेपालगञ्जको एक प्रहरी विटमै मासु काटेर बेचिँदै !

नेपालगञ्ज । नेपालगञ्जको एक प्रहरी विटलाई मासु काट्ने थलो बनाइएको छ । रानीतलाउ सब्जीमण्डी छेउँमै रहेको एक प्रहरी विटलाई स्थानीय एक जना मासु व्यवसायीले ५० मिटर वर घिसार्दै आफ्नो पसल पछाडि राखेर मासु काट्ने थलो बनाएका हुन् । आज गरिएको अनुगमनमा प्रहरीको विट मासु काट्ने ठाउँका रुपमा प्रयोग भएको पाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताउनुभयो । अनुगमन टोलीलाई देखेपछि मासु व्यवसायी मासु नै छाडेर भागेका थिए...