बाँकेमा इदुलफित्र पर्व मनाउन खाध्यान्न सहयोग
प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार १७:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। बाँकेमा इदुलफित्र पर्व मनाउन अति बिपन्न मुस्लिम परिवारलाई खाध्यान्न सहयोग गरिएको छ।कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले इस्लाम धर्मालम्बीहरुको महान चाड रमजान इदुलफित्र पर्व मनाउन सहयोग पुग्ने उद्देश्यले अति विपन्न ४ सय १० जना मुस्लिम परिवारलाई २५ किलो चामल र १ किलो खजुरी आज एक कार्यक्रमका विच वितरण गरेेेको छ ।
Advertisement
नेपालगन्जमा सामाग्री हस्तान्तरण गर्दै शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, नेपाल राष्ट्रिय आयोग युनेस्कोका सदस्य हरिवंश किराँतले रमजान चाड पर्वको बेला यो खाद्यन्न सहयोगले जिवनमा खुशीयाली ल्याएको बताउनुभयो ।
उहाँले यस्ता सहयोगले विपन्न परिवारलाई टेवा पुग्ने भएकाले सामाजिक सहयोगका लागि कतार च्यारेटी र युनेस्कोलाई धन्यबाद दिनुभयो । सदस्य किराँतले पछाडी पारिएका समुदायका बालबालिकालाई उपलब्ध गराउदै आएको शैक्षिक सहयोगले उनीहरुको भविष्य उज्यालो बनाउनमा मदत पुगेको बताउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडाध्यक्षहरु सुनिलसिंह हमाल, मोहम्द सफिक बेहना, विरेन्द्र शाह, बुद्धिसागर सुबेदीले समेत सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कतार च्यारेटीका संरक्षण अधिकृत जियाउल रहमान खाले कतारले गर्दै आएको सहयोग तथा उद्देश्य र कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
क्लबले अति विपन्न परिवारका बालबालिकालाई शिक्षा आर्जनमा सहयोग पुरयाउन शैक्षिक सामाग्री, छात्रबृति, शैक्षिक किटस, अभिभावकको आय आर्जनका लागि कतार च्यारेटीको सहकार्यमा निरन्तर रुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष प्रबेज अलि सिद्दिकीले बताउनुभयो ।