नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

नेपालगन्जमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

नेपालगन्ज ।नेपालगन्जमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।सोमबार  दिउँसो भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका  २१  तेलनीपुरुवा भन्ने ठाउँमा सोमबार दिउँसो साढे दुई बजे तिर भे ५ प ४३१४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार नेपालगन्ज २० का ४७ बर्षिय जाहेद अलि मनिहारको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक मनिष चौधरी घाइते भएका छन्  । उनको नेपालगन्ज मेडिकल...

मिडिया काउन्सिल विधेयक परिमाजर्न गर्नुपर्छःमाधव नेपाल

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस संगठन बाँकेले आज विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले विधेयकका बारेमा धेरै नकारात्मक कुराहरु बाहिर आइरहेको भन्दै यसमा सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले तीब्र आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य सरकारले पूरा गर्नका लागि बजेटका...

सिप विकास तालिम केन्द्रले सञ्चालन गरेको चार तालिम सम्पन्न

नेपालगञ्ज। व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगञ्जले सञ्चालन गरेको चार प्रकारका सिपमूलक तालिमको आज समापन भएको छ । तालिम केन्द्रका प्रमुख जेन्टिल गौतमको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । गत फागुन ७ गतेदेखि सञ्चालित तीन महिने केश श्रृंगार, कटाई सिलाई, विद्युत जडान र इलेक्ट्रोनिक्स सामान मर्मत तालिमको आज समापन गरिएको हो । केश श्रृंगारमा ३९,...

नेपालगन्जको ब्राईटल्याण्ड स्कुलको ज्यादती रोकिएन, दश बर्षे बालकलाई एक घण्टा घाममा उभ्याएर यातना

नेपालगन्ज ।अनुशासनको नाममा स–साना नानीहरुमाथि डण्डा चलाउँदै आएको ब्राईटल्याण्ड स्कुलमा फेरि एउटा बालकलाई यातना दिएको घटना बाहिरिएको छ । स्कुलको शैक्षिक वातावरण राम्रो नभएको र सरसफाईमा पनि पर्याप्त ध्यान नदिएको भनेर कम्प्लेन (सिकायत) गर्ने एक अभिभावकका ४ कक्षामा अध्ययनरत १० बर्षे छोरालाई घाममा उभ्याएर यातना दिईएको थाहा भएको छ। आफ्ना छोराहरुले स्कुलमा भएका असहजताबारे गुनासो गरेपछि आमा सीता राना सिकायत गर्न सोमबार बिहान स्कुल पुगेगी थिईन् । सिकायत गर्दा नै...

समाजिक अभियानमा लाग्दै बाँकेका सुरजराज मल्ल

नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ लक्ष्मीरामपुरका सुरजराज मल्लले सामाजिक अभियान थाल्दै हुनुहुन्छ । ‘उहाँले अशिक्षा र बेरोजगारी, हटाउने अब हाम्रो जिम्मेवारी’ भन्ने अभियान थालनी गर्न लाग्नुभएको हो । राप्तीपारिका साविकका ९ वटा गाविसबाट आफ्नो अभियानको थालनी गर्ने उहाँले बताउनुभयो । नेपालगञ्जम बुधबार पत्रकार सम्मेलन गरेर मल्लले यही जेठ २५ गते नेपालगञ्जको रामलिला मैदानमा युवाहरुको भेला गरेर आफ्नो अठोट, उद्देश्य र कार्यक्रमबारे जानकारी दिने बताउनुभयो । ‘समाज बदल्न, समाजमा...

नेपालगञ्जको जमुनाह नाकामा चेकजाँचका लागि ल्याइएको एक्सरे मेसिन प्रयोगविहिन

नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा सामान चेकजाँचका लागि ल्याइएको एक्सरे मेसिन प्रयोगविहिन भएको छ । नाकामा सामान चेकजाँच गर्न ल्याइएको एक्सरे मेसिन भन्सार कार्यालयमा थन्किएपछि प्रयोगविहिन भएको हो । सुरक्षाको दृष्टिकोणले खतरा बढेपनि भन्सार कार्यालयले मेसिन सञ्चालनमा ल्याउन सकेको छैन। एक्सरे मेसिन प्रयोगमा नआएपछि सुरक्षाकर्मीहरुलाई सुरक्षा दिन काठिनाई भएको छ भने एक्सरे मेसिन प्रयोगमा नआएपछि सुरक्षाकर्मीकै अगाडिबाट सामानका थैलाहरुमा गैरकानुनी समान ओसारपसार हुने सम्भावना धेरै रहेको देखिन्छ । ठाउँ अभावका कारण...

द आर्ट अफ लिभिङले पोखरामा युथ इन एक्सन परियोजना गर्दै

नेपालगञ्ज। द आर्ट अफ लिभिङले स्वदेशमै रोजगारीको सम्भावना खोज्न युवाहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले पहिलोपटक पोखरामा युथ इन एक्सन परियोजना सञ्चालन गर्न लागेको विषयमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । यही जेष्ठ १६ गतेदेखि १८ गतेसम्म हुने परियोजना अन्तर्गत्को पहिलो कार्यक्रममा युवाहरुलाई उत्प्रेरणा जगाउने खालका विभिन्न क्रियाकलाप सञ्चालन गर्न लागिएको द आर्ट अफ लिभिङ नेपालगञ्जका संयोजक सञ्जय थापाले जानकारी दिनुभएको छ । देशभरका जुनसुकै ठाँउका यसमा रुची भएका...

मालपोत कार्यालय बाँकेमा कर्मचारीको अभाबले सेवाग्राहीलाई समस्या

नेपालगन्ज ।मालपोत कार्यालय बाँकेमा कर्मचारीको अभाबले सेवाग्राहीलाई  समस्या पर्दै आएको छ। सरकारी कागज कृतेमा मालपोत कार्यालयका कर्मचारीहरु जेल चलान भएपछि कर्मचारीको अभाब भएको हो। लामो समय बितिसक्दा पनि आउनु पर्ने अधिकृतहरु अझै सम्म नआउँदा सेवाग्राहीहरुले सास्ती खेप्दै आएका छन् । चारजना शाखा अधिकृतको सरुवाको पत्र कार्यालयमा आएको भएपनि लामो समयसम्म कर्मचारी भने हाजिर हुन आएका छैनन् । उपसचिव कार्यालय प्रमुख रहेको त्यस मालपोतमा अन्य  ५ जना शाखा अधिकृतको दरबन्दी  रहेको...

नेपालगञ्जको वडा नं. २२मा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

नेपालगञ्ज । किशोरीहरुलाई प्रज्जन स्वास्थ्य तथा संरक्षणको लागि ज्ञानअभिबृद्धि गराउनका लागि नेपालगञ्ज २२ पुरैनीमा आज देखि किशोरी सशक्तिकरण केन्द्र संचालन गरिएको छ। आइसीडियाको आर्थिक सहयोगमा वडा कार्यालयसँगको सहकार्यमा सिविन नेपला क्षेत्रीय कार्यालय नेपालगञ्जले संचालन गरेको केन्द्रको वडा अध्यक्ष बिद्या राम बर्मा र सिविन नेपालगञ्जका क्षेत्रीय प्रमुख सिद्धराज पनेरुले संयुक्त रुपमा कक्षाको उद्घाटन गरी केन्द्र संचालनमा आएको हो । किशोरी अवस्थामा बालिकाहरुमा आउने प्रज्जन स्वास्थ्य सम्बन्धि परिवर्तन, बालबालिका माथि हुन सक्ने जोखिम,...

सम्वाद समुह बाँकेको पहलमा विद्यालयका लागि वस्तीनै सारिदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका –२० मनिकापुरको आदर्श मावि र विद्यालयको जग्गामा बसोवास गरिरहेका सुकुम्वासीहरुबीचको डेढ दशक अघिदेखिको विवाद साम्य पारिएको छ । सम्वाद समूह बाँकेले थालेको निरन्तर सम्वाद प्रक्रियापछि वडा न २० ले वस्ती व्यवस्थित रुपमा स्थानान्तरण गर्ने प्रतिवद्धता जनाएपछि दुवै पक्षबीच औपचारिक सहमती भएको हो। राँझा चौकस्थित विद्यालयको गायत्रीनगरमा ३ बिघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी÷भूमीहिनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका छन्...