नेपालगञ्जमा एक महिने निःशुल्क ड्राईभिङ तालिम सुरु
प्रकाशित मिति : २०७६, २१ जेष्ठ मंगलवार १२:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।नेपालगञ्जमा एक महिने निःशुल्क हलुका सवारी चालक (कार जिप ) ड्राईभिङ तालिम आजबाट सुरु भएको छ । स्वतिक मोटर ड्राईभिङ स्कूलको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक महिने तालिम सुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका एक सय जना व्यक्तिहरुलाई तालिम प्रदान गरिने स्वतिक मोटर ड्राईभिङ स्कूल सञ्चालक एहसान महमद हलुवाईले जानकारी दिनुभयो ।
Advertisement
नेपालगञ्ज उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य एवं तालिम संयोजक कौशल कुमार धोवीले गाडी चलाएर एक महिने निःशुल्क हलुका सवारी चालक (कार जिप ) ड्राईभिङ तालिम आजबाट उद्घाटन गर्नुभएको हो । दक्ष जनशक्ति उत्पादन गरी बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको स्वतिक मोटर ड्राईभिङ स्कूलका विजयेन्द्र जिसीले जानकारी दिनुभयो ।
तालिममा महिला,मद्येसी,मुस्लीम,दलित , आदिबासी जनजाती र पछाडी परेका वर्गलाई विशेष प्राथमिकता दिईएको आयोजकले जनाएको छ ।