नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

हाजिरीजवाफ प्रतियोगितामा आदर्श माबि राझाँ प्रथम र प्रभात मेमोरियल स्कुल भृकुटीनगर दोश्रो

नेपालगन्ज ।नेपालगन्जमा सन्चालन भएको आधारभूत तहको हाजिरीजवाफ प्रतियोगितामा नेपालगन्ज वडा नम्बर २० स्थित आदर्श उच्च माबी राझाँ प्रथम भएको छ। त्यस्तै प्रतियोगितामा वडा नम्बर १० को प्रभात मेमोरियल स्कुलले दोस्रो स्थान हासिल गरेको छ।नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको उक्त हाजिरीजवाफ प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका भित्रका ३३ बिधालयहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा भेरी इङ्लिश मिडियम स्कुल तेस्रो भएको थियो। बिजेता र उप- बिजेता भएका बिधालयलाई उपमहानगरपालिकाकि उप प्रमुख...

अन्तर वडा स्तरीय क्रिकेटमा सफिक बेहनाको वडा नं. ४ र १५ विजयी
"वडा नम्बर ४ बाट सलिम मुसलमान र आकाशको उत्कृष्ट प्रदर्शन  "

सुनिल रेग्मी/नेपालगन्ज ।नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ र १५ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बिहिवार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ ले वडा नम्बर २ लाई ५ बिकेटले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २ ले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै ९५ रन बनाएको थियो । उसका लागि अमर...

कैलपाल कलेज र आयोजक द ग्रुप अफ सिक्स्टिन विच सह–प्रायोजकमा सम्झौता

रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा कैलपाल हस्पिटल एन्ड कलेज र आयोजक द गु्रप अफ सिक्स्टिन बिच सह– प्रायोजक पत्रमा हस्ताक्षर भएको छ । आयोजक संस्थाका अध्यक्ष बिष्णु अर्याल र कलेजका निर्देशक रेवती सिंह बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो पत्रमा कलेजले आयोजक लाई ५० हजार सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ ।...

मुस्लिम आयोग र हज समितिले गर्यो थर्ड एलायन्सको निरिक्षण
"मानव अधिकारको सवालमा थर्ड एलायन्स संग आयोगले सहकार्य गर्ने "

नेपालगन्ज  । मानव बिकास शिक्षा र आरक्षणका विषयमा केन्द्रीत भएर मुस्लिम आयोग काम गर्न तयार रहेको मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताउनु भयो । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको नेपालगंज कार्यालयको बुधबार निरक्षण गर्ने क्रममा मानव अधिकारको सवालमा थर्ड एलायन्स संग सहकार्य गर्न तयार रहेको बताउनु भयो। अध्यक्ष अन्सारीले विगतमा समेत थर्ड एलायन्स संग मिलेर काम गरेको स्मरण गर्दै भविष्यमा तराईका जिल्लामा भई रहेको मानव अधिकार उल्लघनका घटनाहरुको...

अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानद्वारा नेपालगञ्जमा रक्तदान

नेपालगञ्ज । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल बाँकेले आज बृहत् रक्तदान कार्यक्रम गरिरहेको छ । भेरी अस्पताल हाताभित्र रहेको रेडक्रसको ब्लड बैंकमा विहान ८ बजेदेखि बृहत् रक्तदान कार्यक्रम भइरहेको प्रतिष्ठानकी सदस्य मालती शर्माले बताउनु भयो । नेपालगञ्ज क्षेत्रमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै शर्माले रक्तदान कार्यक्रम साँझ ५ बजेसम्म चल्ने भएकाले इच्छुकहरुलाई रगतदान गर्न आग्रह गर्नुभएको छ । प्रतिष्ठानले आजै अपरान्ह ४ बजे नेत्रहिन संघ बाँकेलाई ३...

बाँकेमा आज बिहानदेखि परेको बर्षाले राहत महसुस

नेपालगन्ज । बाँकेमा आज बिहानदेखि परेको बर्षाले राहत महसुस भएको छ। गर्मीले गर्दा सास्ती खेपीरहेका बिशेष गरेर बाँकेेको नेपालगन्जका बासिन्दाहरुलाई आज बर्षाले शितलता दिएको छ। गर्मीयाममा दैनिकजसो ४२ डिग्री भन्दा माथी हुने तापक्रममा यहाँका बासिन्दाहरुले आज राहत महसुस  गरेका छन् । ‘गर्मीले गर्दा बाँकेमा दैनिक जिबनी र कामकाजमा समेत प्रभावित गराउदै आएको छ,    अत्याधिक गर्मीले गर्दा बाँकेका बिद्यालयहरु समेत बन्द गरिएको छ।आज परेको बर्षाले धेरै शितलता दिएको’ नेपालगन्जको...

नेपालगन्जको वडा नं ४ मा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

नेपालगन्ज । नेपालगन्जमा अति बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित खेल्दै सिक्ने केन्द्रमा आउने बिद्यार्थीहरुलाई आज शिक्षाका लागि चाहिने सामग्री वितरण गरिएको हो। नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज वडा नम्बर ४ को संयुक्त सहयोगमा २८ जना बिद्यार्थीहरुलाई ब्याग, कापी- कलम र पोशाक वितरण गरेको नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले बताउनु भयो । उप प्रमुख मगरले यो कार्य धेरै उत्तम रहेकोले...

मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम पुनः नेपालगञ्जमा शुरु

नेपालगञ्ज।नेपालगन्ज उपमहानगरपालिकाले मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि नेपालगञ्जमा शुरु गरेको छ । मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन उपमहानगरपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपालले दोस्रो चरणको तालिम सञ्चालन गरेको हो । जिआईजेटको सहयोगमा सञ्चालित तालिममा उपमहानगरपाालिकाका १२ वटा वडाका ३६ जना सहभागी हुनुहुन्छ । यस अघि सञ्चालित तालिममा ११ वडाका ३३ जना सहभागी हुनुहुन्थ्यो । विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप...

नेपालगञ्जको वडा नं २२ मा ज्येष्ठ नागरिकहरुलाई सम्मान

नेपालगञ्ज ।नेपालगञ्ज उप महानगरपालिका वडा नं. २२ पुरैनीका ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । “सभ्य र सुसंस्कृत समाजको आधार ,ज्येष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार” भन्ने मूल नाराको साथ वडा नं. २२ पुरैनीको कार्यालयले आज ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी १३० जनालाई दोसल्ला, छाता तथा च्यावनपरास प्रदान गरि सम्मान गरेको छ । वडा अध्यक्ष बिद्याराम बर्माले ज्येष्ठ नागरिकको सम्मान गर्नु पर्ने वडाको दायित्व रहेको...

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चार मन्त्री बास्कोटा

नेपालगञ्ज। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने स्पष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले आइतरबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयक नेपाली मिडिया र पत्रकारहरुको हितमा रहेको दाबी गर्दै फिर्ता नहुने स्पष्ट पार्नुभयो । पत्रकार महासंघले गरिरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले विधेयकलाई अझ उत्कृष्ट र सर्वस्विकार्य बनाउन सदनमा आवश्यक छलफल गर्न सकिने बताउँदै...