नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुभारम्भ यसरी हुँदै !

नेपालगन्ज ।आज साझ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुभारम्भ गरिदै छ। जस अनुसार यसरी हुँदैछ – आज साझ ४ देखि ५ बजे सम्म सर्बसाधरनलाई रङ्गशाला प्रवेश गराइनेछ । साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ । ५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ । ६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ । ६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ। ७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत...

आठौं राष्ट्रिय प्रतियोगिताः फुल कन्ट्याक्ट करातेमा रुपक र मन्जु पहिलो

नेपालगन्ज  । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले वाक ओभर दिएका हुन् । मन्जुले फाइनलमा प्रदेश १ की सुजाता राईलाई हराइन्...

नेपालगन्जको वडा नम्बर २२ मा शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन सम्मान कार्यक्रम

नेपालगञ्ज।शौक्षिक सत्र २०७५ मा कक्षामा उत्कृष्ठ तथा जेहेनदार विद्यार्थी तथा शिक्षकहरुलाई प्रोत्साहनको लागि आज शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रममा सम्मान गरिएकोछ । नेपालगञ्ज उप महानगरपालिका २२ नं. वडा कार्यालयले पुरैनीको किंगरियनपुर्वामा रहेको श्री नेपाल राष्ट्रिय प्रथामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई वडा अध्यक्ष विद्या राम बर्माले प्रमाण पत्र तथा पुरुस्कारबाट सम्मान गर्नु भएकोछ । २२ नं. वडा कार्यालयको सहयोगमा श्री नेपाल राष्ट्रिय प्राविले आयोजना गरेको कार्यक्रममा कक्षा १ देखि ५ सम्मा वार्षिक...

नेपालगन्जको वडा नम्बर ४ मा गर्ल्स कलेजको शिलान्यास

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा गर्ल्स कलेजको शिलान्यास भएको छ। नेपालगन्ज वडा नम्बर ४ स्थित आधारभुत बिध्यालयमा गर्ल्स कलेज सन्चालनका लागि आज मेयर डा. धवल शम्शेर  राणाले भवन शिलान्यास गर्नु भएको थियो। नेपालगन्जमा गर्ल्स कलेज नभएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आधारभुत बिध्यालयमा  गर्ल्स  कलेज बन्न लागेको हो वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बताए।  शिलान्यास कार्यक्रममा  मेयर राणाले ” यस्तो खाले कलेज सन्चालन भएमा छात्राहरुलाई राम्रो हुने...

स्वस्तिकाको हत्यारालाई कारबाहीको माग गर्दै नेपालगन्जमा बिरोध प्रदर्शन,स्वस्तिकाको शरीरमा निलडाम(फोटोसहित)

नेपालगन्ज ।स्वस्तिका लिम्वुको हत्यारालाई कारबाहीको माग गर्दै माइती पक्षले आज नेपालगन्जमा बिरोध प्रदर्शन गर्दै जिल्ला प्रशाशन कार्यालय घेराउ गरेका छन् । स्वस्तिकाको मृत्यु सामान्य नभई उनको हत्या हो भन्ने माइतीको आरोप रहेको छ। मृतक स्वस्तिका श्रीमानलाई प्रहरीले पक्राउ गरि अनुशन्धान प्रक्रिया अघि बढाइ सकेको भए पनि राजनितिक दबाबले मुद्दा कमजोर बनाउन सक्ने भन्दै माइती समुहले दबाब दिन आज बिरोध प्रदर्शन गरेको हो। केही महिना मात्र अघि प्रेमविवाह गरेकी  स्वस्तिका नेपालगञ्जको भृकुटिनगरमा आइतवार...

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा स्वास्थ्य सहायता कक्षको स्थापना

नेपालगन्ज  । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमै स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ।  उपमहानगर कार्यालयमा आउने सेवा ग्राही र अन्य सबै स्थानियहरुका लागी स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श दिने उद्श्यले आजदेखि उक्त सहायता कक्षको  स्थापना गरिएको हो। सो सहायता कक्षमा एक जना  स्वास्थ्य परिचारिकाको नेतृत्वमा सेवा लिन सकिने छ। साथै त्यस सहायता कक्षमा  स्वास्थ्य सन्देेश मुलक विभिन्न सामाग्रीहरु समेत राखिनुका साथै सबैले सहज रुपमा पढ्न सकिने ब्यबस्था मिलाइएको स्वास्थ्य शाखाका हरिहर...

नेपालगञ्जमा माझी प्रोडक्सन सञ्चालनमा

नेपालगञ्ज । नेपालगञ्जमा माझी प्रोडक्सन सञ्चालनमा आएको छ । प्लाष्टिकका झोलाको विकल्पका रुपमा कागजका झोलाहरु उत्पादन गर्ने उद्देश्यले नेपालगञ्जको वडा नम्बर १२ मा आजदेखि माझी प्रोडक्सन सञ्चालनमा आएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले प्रोडक्सनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर डा. राणाले नेपालगञ्जलाई प्लाष्टिकमुक्त नगर बनाउने घोषणा गरिएका बेला कागजका झोला उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा आएको माझी प्रोडक्सन सहयात्री हुने भन्दै प्लाष्टिकमुक्त नहर बनाउने अभियानमा...

नेपालगन्जको भृकुटिनगरमा प्रेम विवाह गरेकी एक युवतीको रहस्यमय मृत्यु, श्रीमान पक्राउ
"हत्या भएको छ: माइती पक्ष "

नेपालगन्ज ।भर्खरै केही महिना मात्र अघि प्रेमविवाह गरेकी एक युवतीको नेपालगञ्जमा रहस्यमय मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० भृकुटिनगर निवासी स्वस्तिका लिम्वु आइतवार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमानले नै हत्या गरेको राँझामा रहेका माइती पक्षले आरोप लगाएका छन् । लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको श्रीमानमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ। उनको हत्या...

आठौं राष्ट्रिय खेलकुद: जुडो खेलको दोश्रो दिन आर्मीलाई पाँच स्वर्ण

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत  १६ औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ । दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते ।पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए । सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे । ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते । फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए । १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले...

आठौँ राष्ट्रिय खेलकुद:पुरुष हक्कीको सेमीफाइनल समीकरण पूरा

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् नेपालगञ्जको मंगल प्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी सेमीफाइनलमा प्रवेश गरेका छन् भने समूह बी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमीफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा प्रदेश नम्बर २ लाई ६–० गोलले पराजित गरेपछि पुलिस सेमीफाइनलमा प्रवेश गरेको हो । मंगलवारदेखि...