नेपालगन्जको भृकुटिनगरमा प्रेम विवाह गरेकी एक युवतीको रहस्यमय मृत्यु, श्रीमान पक्राउ "हत्या भएको छ: माइती पक्ष "
"हत्या भएको छ: माइती पक्ष "
प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलवार ०८:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।भर्खरै केही महिना मात्र अघि प्रेमविवाह गरेकी एक युवतीको नेपालगञ्जमा रहस्यमय मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० भृकुटिनगर निवासी स्वस्तिका लिम्वु आइतवार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमानले नै हत्या गरेको राँझामा रहेका माइती पक्षले आरोप लगाएका छन् । लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको श्रीमानमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ। उनको हत्या भएको भन्दै माइती पक्षले कारवाहीका जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार प्रर्दशन गरेका छन् ।
Advertisement
प्रर्दशनका कारण जिल्ला प्रहरीमा तनाव भएको थियो । माइती पक्षले श्रीमानले नै लिम्बुको हत्या गरेको भन्दै कारवाहीको माग राखेर प्रर्दशन गरेका थिए । श्रीमानले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको मृतकको आमाले बताइन् । नयाँ बर्षको दिन बिहान छोरीले माइत आउँछु भनेको भन्दै उनकी आमाले मध्यान्ह १२ बजे श्रीमानले आउन नदिएको फोनबाट जानकारी गराएको बताइन् ।
लगत्तै छोरीको मोवाइल स्विचअफ भएको उनले जानकारी दिइन् । आफुहरु दिउँसो ३ बजे खबर पाएको भन्दै मृतक लिम्बुका फुफाजु दिपक भण्डारीले गएर हेर्दा छोरी मृत्त अवस्थामा भेटिएको र उनलाइ भुइँमा सुताएर राखिएको बताए ।यता बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले आयुषलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।