नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

महिला हेन्डबलमा प्रदेश ३ ले प्रदेश ५ लाई हरायो

नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतवार विहान भएको महिला हेन्डबल खेलमा प्रदेश १ र प्रदेश ३ विजयी भएका छन् । नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा भएको दोस्रो खेलमा प्रदेश १ ले प्रदेश ७ लाई ४–२४ गोल अन्तरले पराजित ग¥यो । त्यस्तै आइतवार विहान भएको पहिलो खेलमा प्रदेश ३ ले रोमाञ्चक जित निकाल्यो । निकै प्रतिस्र्पधात्मक खेलमा प्रदेश ३ ले प्रदेश पाँचलाई ६–७ को झिनो गोल अन्तरले पन्छायो । ...

आठौँ राष्ट्रिय खेलकुद: पौडीमा आर्मीलाई तीन स्वर्ण

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा आइतवार भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लव तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले एक स्वर्ण हात पारेका छ । महिला ८ सय मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरि त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारे । उक्त विधामा नेपाल पुलिस क्वलका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् । त्यसैगरि, पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका...

आइटिएफ तेक्वान्दोमा प्रदेश ५ ले खाता खोल्यो

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लवले सर्वाधिक स्वर्ण जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्तर्गत शनिवारसम्म भएका सींगल प्याटर्नका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता स्थानमा छ । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ । शनिवार भएको ४६ देखि ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्याङ्गीले आर्मीका पूर्ण घर्तिलाई हराउँदै प्रदेश...

आठौं राष्ट्रिय खेलकुद: पौडी खेल नेपालगञ्जको एक होटलमा हुँदै

नेपालगञ्ज।  पौडी खेल नेपालगञ्जको एक होटलमा हुुुन लागेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका पौडी पोखरीको काम नसकिँदा पौडीका सम्पुर्ण स्पर्धाहरु होटलको स्वीमिङ पुलमा हुने भएका छन् । नेपालगञ्जको  रंगशाला परिसरमा निर्माणाधिन आठौं खेलकुदका लागि निर्माण गर्न लागिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो । भनेको समयमा पोखरीको काम नसकिँदा पौडीको स्पर्धा नेपालगञ्जको  सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा प्रतिस्पर्धा गर्न लागेकोे आयोजक राष्ट्रिय...

सिडियोको आदेश टेरदैनन् मालपोत हाकिम

नेपालगन्ज । मालपोत कार्यालयबाट सेवाग्राहीले सास्ती पाइरहेको तीब्र गुनासो बढेसँग बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाह सहज बनाउँन मालपोत हाकिमलाई आदेश दिएका थिए । तर, मालपोतका हाकिम प्रेम दौल्याले प्रजिअ भुजेलको आदेश र निर्देशनको अझै पालना र कार्यान्वयन गर्न चासो देखाएका छैनन् । मालपोतको सेवा प्रवाह भद्रगोल बनिरहेको छ । आमनागरिकले दैनिक सासती खेपी रहेका छन् । माल हाकिम दौल्याल यो वा त्यो वहाना बनाउँदै आफ्नो जिम्मेवारीमा उदासिन...

ह्यान्डबलमा शुक्रबार यी-यी टोली भए बिजयी

नेपालगन्ज ।आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गरेको छ। त्य्स्तै महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए । पुरुष-महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन्...

भारत्तोलन खेलको पहिलो दिनमा आर्मीलाई तीन स्वर्ण

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन विभागीय टिम आर्मीले तीन स्वर्ण जितेको छ । शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो । ४५ केजी महिला तौल समुहमा आर्मीकी रिता गुरुङले ९५ केजी भार ग्रहण गरिन् । स्न्याचमा ४५ केजी भार वहन गरेकी उनले क्लिन एण्ड जर्कमा ५० केजी तौल उठाउँदै स्वर्ण...

पुरुष हेन्डबलमा आर्मी र गण्डकी प्रदेशको विजयी सुरुवात

नेपालगन्ज  । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्ज रंगशालामा शुक्रवार विहान भएको पुरुष हेन्डबल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । विहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे। त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच–पाँच गोल गरे । त्यसैगरि, शुक्रवार विहान भएको अर्को खेलमा नेपाल आर्मी विजयी भएको...

ट्राफिक प्रहरीलेे अब देेेेखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

नेपालगन्ज ।ट्राफिक प्रहरीलेे अब देेेेखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ ।गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र...

आठौं राष्ट्रिय खेलकुद: राष्ट्रपतिद्वारा नेपालगन्जमा भव्य रुपले उद्घाटन

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्जमा भव्य रुपले उद्घाटन गरिएको छ । नेपालगन्जस्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारिक रुपमा खेलकुद प्रतियोगिता सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो । प्रतियोगिता उद्घाटन गर्न नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताइन् । त्यस्तै, कार्यक्रममा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश...