‘आठौँमा आउने पाहुनालाई हलुवा, पराठाले स्वागत गर्न आतुर छौँ’ : पराठा ब्यवसायी
प्रकाशित मिति : २०७५, २२ चैत्र शुक्रबार ०८:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तस्विरः विशाल रानामगर
नेपालगन्ज। नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो ।
नेपालगन्जको चौलिक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बेक्रि गर्दै आएका छन् । उनी हुन् जलिल अहमद र उनले बेच्ने परिकार हो हलुवा पराठा ।
बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा आवत जावत गर्ने बटुवा हुन् उनको हलुवा पराठा नचाखेका कमै होलान् । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्न परेको छैन । बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै भएको उनले सुनाए ।
हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केहि वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । शहरको अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ ।
अन्य स्थानको भन्दा चौलिक्का चोकको हलुवा पराठा नै अधिकांशको जिव्रोले मन पराउने गरेको छ । त्यसैले जमिलको पराठा पसलमा खानेको झुण्ड लाग्ने गरेको छ । उनले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन् ।
हलुवा, पराठाले खेलाडीको स्वागत गर्न आत्तुरः हलुवा ब्यवसायी
नेपालगन्जमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय प्रतियोगितामा आउने पाहुना, खेलाडी, प्रशिक्षक र दर्शकको स्वागत गर्न आत्तुर रहेको नेपालगन्जका हलुवा, पराठा ब्यापारीले बताएका छन् । राष्ट्रिय प्रतियोगिता नेपालगन्जमा हुने सुनेपछि खुशी लागेको बताउँदै उनीहरुले बाहिरबाट आएका पाहुनालाई हलुवा पराठाले स्वागत गर्ने बताए ।
Advertisement
तस्विरः विशाल रानामगर
आठौँ राष्ट्रिय प्रतियोगितामा आउने पाहुनालाई हलुवा पराठा खुवाउन बन्दोबस्त मिलाई सकेको जलिलले बताए । उनले नेपालगन्जको पहिचान बोकेको हलुवा पराठाको स्वाद चखाएर खेलाडी र पाहुनालाई पठाउने बताए । ‘नेपालगन्जलाई चिनाउने गरि मिठो स्वादका साथ पाहुनालाई हलुवा पराठा खुवाएर पठाउने योजना छ,’ उनले भने ।