नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

आठौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबै लागौंः सदस्य सचिव विष्ट

नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य, सभ्य र सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । प्रचारप्रसार उपसमितिद्वारा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले नेपालगञ्जको गौरब र प्रतिष्ठासंग जोडिएको प्रतियोगितालाई सफल बनाउन लाग्नु सबै बाँकेबासीको दायित्व भएको बताउनुभयो । ‘यो प्रतियोगिता यसअघिका भन्दा फरक, अविस्मरणीय, ऐतिहासिक र उपलब्धिमूलक हुन्छ,’ उहाँले भन्नुभयो, प्रतियोगितालाई सफल बनाउन सबै लागौं ।’ सदस्य सचिव विष्टले...

हिन्दुराष्ट्रका लागी राप्रपाले आज देखि सुरु गर्यो हस्ताक्षर अभियान

नेपालगन्ज।   राप्रपाले आज देखि हस्ताक्षर संकलन अभियान नेपालगन्जबाट सुरु गरेको छ।देशलाई हिन्दुराष्ट्र कायम गराउन राप्रपाले  देशव्यापी हिन्दुराष्ट्र–हस्ताक्षर संकलन अभियान चलाएको छ । नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्न दबाब दिन हिन्दुराष्ट्र–हस्ताक्षर संकलन अभियान चलाएको राप्रपाका केन्द्रिय सदस्य एबम युवा नेता ऋषिराज देब कोटाले जानकारी दिनुभएको छ।आजदेखि सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा  नेपालगन्जका मेयर  एबम पार्टीका महामन्त्री डा. धवल शम्शेर राणा र उपाध्यक्ष  प्रेम बहादुर भण्डारीले सुरुवात गर्नु भएको हो। ...

जानकी गाउँपालिकाको सरकारी मोटरसाइकल प्लस टुु पढ्ने छात्रले पर्योग गर्दै

ज्ञानु सङ्गम खड्का/नेपालगन्ज ।बाँकेको जानकि गाउँपालिका वाड न-३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने वडाको भे १ ब १०९४ नम्बर प्लेटको सरकारि मोटर साईकल दुरुपयोग भएको पाइएको छ।आफुले सरकारी प्रयोजनको लागि पर्योग गर्ने गाउँपालिकाको मोटर साईकल उनको छोराले बिद्यालय जानको लागि करिव ४/५ दिन अघि देखि प्रयोगमा ल्याईरहेको पाइएको छ। नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका निजका छोराले आइतबार उक्त मोटर साईकल लिई बिद्यालया आएको बेला स्थानिय पत्रकारले फेला पारेका...

ट्रकको ठक्करबाट नेपालगन्जमा एक जनाको मृत्यु

नेपालगन्ज । ट्रकको ठक्करबाट नेपालगन्जमा एक जनाको मृत्यु भएको छ।  साइकलमा सवार नेपालगन्ज २० मनिकापुरका बासिन्दा बलराम मिश्रलाई  बा ८ ख १६८४ नम्बरको ट्रकले नेपालगन्जको सिद्दार्थ भियु होटेल अगाडी आज बिहान १०:३० मा ठक्कर दिएको थियो। ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागी  नेपालगन्ज मेेडिकल कलेज पुर्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल सुरक्षाका प्रहरी जवान नबराज शर्माले बताएका छन् । ठक्कर दिने बा ८ ख...

बाँके र बर्दिया लगायत १२ जिल्लाका एक दर्जन युवाहरू दुवईमा अलपत्र

नेपालगञ्ज।स्वदेशमा काम नपाएको भन्दै वैदेशीक रोजगारीको शिलशिलामा दुवही गएका एकदर्जन युवा अलपत्र परेका छन । अग्रिम ओभरसीज प्रालि बसुन्धरा काठमाण्डौ मार्फत केही समय अघि दुबही गएका नेपालगन्ज २२ फुल्ट्रेक्राका चन्द्रप्रकास रोक्का, बर्दिया भुरिगाउँका देबराज घर्तिमगर, भरतपुर चितवनका लुकमान थापा, उदयपुरका राजेन्द्र मगर, हरीवन नपा ५, सर्लाहीका मिलन लामा लगायत विभिन्न जिल्लाका १२ युवाहरु ठगीमा परेका हुन ।उनीहरुलाई अग्रिम ओभरसीजका कर्मचारी सुधिरकुमार अर्यालले दुवईमा खाना बस्न सुविधा सहित मासीक २२...

नेपालगन्जमा हतियार कारखानामा छापा ,एक जना पक्राउ

नेपालगन्ज । नेपाल प्रहरीले बाँकेको नेपालगन्ज उप महानगरपालिका ५ मा मा एक अवैध घरेलु हतियार कारखाना फेला पारेको छ । पाँच नम्बर प्रदेश अनुसन्धान समुह नेपालगन्जबाट खटिएको टोलीले केहीबेरअघि अवैध घरेलु हतियार कारखानामा छापा मारेको हो । नेपालगन्ज ५ डिएसपी रोडमा रहेको जंगविर नेपालीको घरमा छापा मारेर अनुसन्धान समुहले ठूलो मात्रामा घरेलु हतियार बनाउने सामग्रीहरु बरामद गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार कारखानाबाट विभिन्न हतियारमा प्रयोग हुने...

सार्वजनिक सेवा प्रवाहका लागि फोटोपत्रकारिता जरुरी

नेपालगन्ज।सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटोपत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटोपत्रकारिता तालिमको उद्घाटन सत्रमा फोटोपत्रकारिताले समाजको वास्तविक चित्रण गर्न सक्नेमा समेत जोड दिइएको थियो । पारस्परिक जवाफादेहिता परियोजनाअन्र्तगत नेपालनका ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुका लागि तालिमको आयोजना गरिएको हो । फोटो पत्रकारिता पुर्नताजगी तालिमको उद्घाटन गर्दे नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले समाजमा सीमान्तकृत समुदायको सवालहरुलाई देखाउनको लागि फोटोपत्रकारिता महत्पूर्ण रहेको बताउनुभयो...

नेपालगन्जमा भित्रीयो ड्याट्सनको नयाँ गो कार

नेपालगन्ज । गो सेगमेन्टमा हालसालै बजारमा आएको ड्याट्सनको नयाँ गो कार बिक्री नेपालगन्जमा पनि सुरु भएको छ । नयाँ ड्याट्सन गो का ३ मोडल बजारमा उपलब्ध छ । ड्याटसन गाडीको यहाँको आधिकारिक बिक्रेता देव मंगल ईन्जिनियरिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक विवेक श्रेष्ठले बुधबारदेखि नेपालगन्जमा नयाँ गो कारको बिक्री तथा प्रबद्र्धन कार्य सुरु भएको जानकारी दिए । ड्याट्सनले यसअघि पनि गो कार बजारमा ल्याएको थियो । यस अघिको गो कारको सफलतापछि ड्याट्सनले...

इन्जिनियर सुरज शर्माद्वारा भुकुम्प प्रतिरोधी भवन निर्माणको अवलोकन

नेपालगञ्ज। नेपालगञ्जमा भुकुम्प प्रतिरोधी भवन निर्माणको अभ्यास थालनी गरिएको छ । भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माण गर्ने उदेश्यका साथ नेपालगन्ज उप–महानगरपालिकाले भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा विभिन्न कार्यक्रम र अभियान समेत सञ्चालन गरिरहेको छ । अब बन्ने नयाँ घर÷भवन विल्डीङ कोड अनुसार नै बनाइनु पर्ने उपमहानगरापालिकाको आह्वान अनुसार विस्तारै भुकुम्प प्रतिरोधी घर, भवनहरु निर्माण भइरहेका छन् । सरकारी भवन अनीवार्य भुकुम्प प्रतिरोधी तय गरेको उपमहानगरपालिकाले पछिल्लो समय...

बाँकेमा बिप्लबका चार जना कार्यकर्ता पक्राउ, अनुसन्धान अघि बढाईदै

नेपालगन्ज । जिल्ला प्रहरी  बाँकेले  नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व  चार जना कार्यकर्तालाई  पक्राउ गरेको छ । प्रहरीले  विभिन्न मुद्दामा अनुसन्धान गर्न विप्लब नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । प्रहरी प्रमुख पौडेलले अहिले अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र दोषी वा निर्दोष पत्ता लाग्ने बताउनुभयो...