नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज ।प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि ५ नम्बर प्रदेशसभा विशेष समितिले आज नेपालगञ्जमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा लगायतले नेपालगञ्ज राजधानी नभए कर्णाली प्रदेशमा गाभिन तयार भएको समितिलाई सुनाउनुभयो । सहभागीले भौतिक पूर्वाधारले सम्पन्न भएको नेपालगञ्जलाई नै प्रदेशको राजधानी तोक्नुपर्ने, त्यसो हुन नसके पायक पर्ने स्थानमा तोक्नुपर्ने र त्यो पनि नभए विकल्पको रुपमा बाँके, बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने...
नेपालगञ्ज। आदर्श मावि नेपालगञ्जले १८ औं बार्षिकोत्सव मनाएको छ । विद्यालय प्रांगणमा आज आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, नाटक, फेशन शो लगायतका प्रस्तुती देखाएका थिए । विद्यालय परिसरमा शिक्षक र विद्यार्थीहरुद्धारा विभिन्न फुड स्टल समेत राखिएको थियो । औपचारिक कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेलले शैक्षि प्रणाली सुधारसँगै विद्यालयहरुमा अब नैतिक शिक्षा अनिवार्य गर्न जरुरी रहेको बताउँदै आदर्शवान् र नैतिकवान् मानिस आजको आवश्यकता भएको औंल्याउनुभयो । आदर्श माविले बाँकेको शैक्षिक...
Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 212
Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 213
Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 214
Notice: Undefined index: full in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/media.php on line 215
नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। बिबिएस दोश्रो र तेश्रो बर्षमा अध्यनरत छात्र -छात्राहरुको आयोजनामा शनिबार बिबिएस पहिलो र चौथो बर्षमा अध्यनरत बिद्यार्थीका लागी स्वागत तथा बिदाई सगै सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो। मानबिकि सङ्कायका प्रमुख श्रीवास अधिकारीको प्रमुख आथित्य र प्रेम बिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अथिती आधिकारीले क्याम्पसमा नब आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत गर्दै पढाईलाई बिशेष महत्त्व दिन सुझाब दिएका थिए । अधिकारीले...
नेपालगन्ज । प्रादेशिक महोत्सव २०७५ मा ख्याती प्राप्त कलाकार आउने भएका छन् । महोत्सवका आउने राष्ट्रिय कलाकारको टुङ्गो लागेको सांस्कृतिक समितिका संयोजक तपेन्द्र बिक्रम शाहले जानकारी दिनुभयो । संयोजक शाहका अनुसार महोत्सवमा लोकगायन तर्फ पशुपति शर्मा, बद्री पंंगेनी, रामजी खाँड, खुमन अधिकारी, प्रकाश सपुत, कृष्ण रेउले, सज्जन धामी, सन्तोष दवाडी, चन्द्र शर्मा, भुमिका गिरी, कला लम्साल, सेजु अधिकारी रहेका छन् । आधुनिक गायनतर्फ राजेशपायल राई, मेलिना राई, शिव परियार, राजनराज...
नेपालगञ्ज । जिल्ला खेलकुद विकास समिति बाँकेले खेलाडी र अफिसियलहरुलाई आज पोशाक हस्तान्तरण गरेको छ । प्रदेश नम्बर ५ स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलहरुलाई पोशाक हस्तान्तरण गरिएको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को तयारी स्वरुप हुन लागेका प्रदेश स्तरीय विभिन्न खेलमा सहभागी हुने खेलाडी र अफिसियललाई कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह लगायत नरैनापुर...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी केन्द्रहरुका लागि उत्थानशीलता अभिबृद्धि र जलबायु परिवर्तन अनुकुलन कार्यक्रमको उपलब्धि आदानप्रदान कार्यक्रम आज नेपालगञ्जमा गरिएको छ । नेपालगञ्ज उमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा जलवायु परिवर्तन तथा वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका उद्यमी, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता थियो । भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप)को संयोजनमा सञ्चालित उत्थानशीलता अभिबृद्धि र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका बारेमा स्वच्छ उर्जा नेपालका लालमणि...
नेपालगञ्ज। बाँकेमा यस बर्ष फागुन १५ गते हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउनेछन् । १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमले जानकारी दिनुभयो । यसअघि महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको...
नेपालगन्ज : एलपी ग्यास उद्योगीको आन्दोलनमा बांके सहित देश भरिका बिक्रेताले ऐक्यवद्धता जनाएका छन् । पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो । यसअघि गत बिहीबार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका छन् । त्यसको दुई दिनपछि बिक्रेताहरुले पत्रकार सम्मेलन गरी उद्योगीको मागमा ऐक्यवद्धता जनाएका हुन् ।ढ संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रि वितरण ठप्प पार्नु रहर नभई...
नेपालगञ्ज । नेपालगञ्जको धम्बोझीस्थित गर्ग एग्री फुड प्रोडक्ट्सले मापदण्ड विपरित अखाद्य चामल विक्रि गरिरहँदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै खाद्य व्यवसायीहरु आक्रोशित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट उद्योगको इजाजत लिएपनि उद्योग नै सञ्चालन नगरी भारतको उच्च गुणस्तरको चामलको बोराको हुबहु नक्कल गरी उपभोक्तालाई झुक्याएर कमसल चामल उच्च दरमा विक्रि गरिरहँदा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय र घरेलु कार्यालयले कुनै...
नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघकि उपमहासचिब तारा रोकायाले आफ्नो जन्मदिन बृद्ध आश्रममा मनाइएकि छिन् । समाजसेबी रोकायाले आफ्नो जन्मदिनमा निल सागर बृद्द आश्रममा त्यहाँ रहेका बृद्द बृद्दा लगायत बालबालिकाहरुलाइ खीर खुवाउदै अन्य खाना समेत वितरण गरेकी हुन् । अन्य ठाऊमा जन्मदिन मनाएर खर्च गर्नु भन्दा असक्तहरुलाइ केही खुवाएर आफ्नो जन्मदिन निल सागरमा मनाएको रोकायाले बताइन्। त्यस्तै रोकायाले आफुले एउटा राम्रो काम गर्न पाँउदा खुशी भएको बताइन। अबका जन्मदिनहरु यस्तै स्थानहरु, मठ...