नेपालगञ्जको आदर्श माविले १८औं बार्षिकोत्सब मनायो
प्रकाशित मिति : २०७५, ११ फाल्गुन शनिबार १८:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। आदर्श मावि नेपालगञ्जले १८ औं बार्षिकोत्सव मनाएको छ । विद्यालय प्रांगणमा आज आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, नाटक, फेशन शो लगायतका प्रस्तुती देखाएका थिए । विद्यालय परिसरमा शिक्षक र विद्यार्थीहरुद्धारा विभिन्न फुड स्टल समेत राखिएको थियो ।
Advertisement
औपचारिक कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेलले शैक्षि प्रणाली सुधारसँगै विद्यालयहरुमा अब नैतिक शिक्षा अनिवार्य गर्न जरुरी रहेको बताउँदै आदर्शवान् र नैतिकवान् मानिस आजको आवश्यकता भएको औंल्याउनुभयो । आदर्श माविले बाँकेको शैक्षिक विकासमा अहम् भूमिका खेलेको चर्चा गर्दै उहाँले निम्न स्तरका अभिभावकहरुलाई पनि विद्यालयले समेट्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका चिफ डाइरेक्टर ईश्वर प्रसाद पोखरेलले विद्यालयले गरिरहेका गतिविधिहरु र भावी योजनाबारे चर्चा गर्नुभएको थियो । विद्यालयका एकेडेमिक एड्भाइजर प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले, हिसानका बरिष्ठ उपाध्यक्ष टंक आचार्य, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभूषण बस्नेत, १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, आदर्श माविका संस्थापक सदस्य डा.राजकुमार सुवेदी, विद्यालयका प्राचार्य विरभान केसी, सहप्राचार्य टंक प्रसाद गौतम लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गत बर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका अंशुराज ओली र विपिन पौडेललाई सम्मान गर्नुका साथै हरेक बर्ष प्रदान गरिने अनुराधा स्मृति पुरस्कार अनुराधा स्मृति कोषका संरक्षक धु्रब अधिकारीले गत बर्षको एसईई परीक्षाका सर्बोत्कृष्ट छात्रात्रय अदिति बडवाल, ज्योति झा र आरती आचार्यलाई संयुक्तरुपमा प्रदान गर्नुभएको थियो ।