महेन्द्र बहुमुखी क्याम्पसमा गरियो स्वागत तथा बिदाई कार्यक्रम
प्रकाशित मिति : २०७५, ११ फाल्गुन शनिबार १६:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। बिबिएस दोश्रो र तेश्रो बर्षमा अध्यनरत छात्र -छात्राहरुको आयोजनामा शनिबार बिबिएस पहिलो र चौथो बर्षमा अध्यनरत बिद्यार्थीका लागी स्वागत तथा बिदाई सगै सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।
Advertisement
मानबिकि सङ्कायका प्रमुख श्रीवास अधिकारीको प्रमुख आथित्य र प्रेम बिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अथिती आधिकारीले क्याम्पसमा नब आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत गर्दै पढाईलाई बिशेष महत्त्व दिन सुझाब दिएका थिए ।
अधिकारीले क्याम्पसदेखि बाहिरजादै गरेका बिद्यार्थीहरुलाई भबिस्यप्रती सजग रहन यसै क्याम्पसमा एमबिएस समेत रहेकाले बाहिर नजान आग्रह गरेका थिए। स्वागत तथा बिदाई कार्यक्रममा बिद्यार्थीहरुले सामुहिक तथा एकल नृत्य,कबिता बाचन लगायत गित समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अखिल बाँकेका सचिब टेकेन्द्र मल्ल, महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सदस्य बिपिन केसी, अखिल क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्ष नबराज योगी, नेबिसंघ प्रदेश ६ प्रतिनिधि मनोज थापा, नेबिसंघका नेता चन्द्र प्रकाश देबकोटा,महेन्द्र बहुमुखी क्याम्पस अखिलका इकाई सचिब प्रकाश बिक, अखिलका प्रकाशमान सिंह, प्रकाश खड्का लगायत अन्य बिद्यार्थी नेताहरुको सहभागी रहेको कार्यक्रम सन्चालन खगेन्द्र ओलीले गरेको सुप्रना मल्लले जानकारी दिएकी छिन् ।