नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज । प्रदेश ५ मा जुडो खेलको छनौट प्रतियोगिता नेपालगन्जमा शुरु भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी शुक्रवारदेखि जुडो खेलका खेलाडीहरुको छनौट शुरु भएको हो। ३३ जना खेलाडीहरु समाबेश भएको छनौट प्रतियोगितामा शुक्रवार पहिलो चरणका खेल सम्पन्न भएको छ। जुडो खेलको ५२ केजी महिला तर्फको छनौटको फाइनलमा बाँकेकै करिश्मा सुनार र निर्मला कुवर प्रबेश गरेका छन् । त्य्स्तै महिलाकै ५७ केजी तर्फ बर्दियाकि सकुन्तला आचार्य र बाँके कि बिनिता...
नेपालगन्ज । ट्रेक्टरले च्याप्दा बाँकेमा एक जनाको मृत्यु भएको छ। बिहिबार साँझ राप्ती सोनारी ६ का पुस्पलाल थारुलाई ढलैचामा ट्रेक्टरले च्यापेको हो। गम्भीर घाइते थारुलाई उपचारका लागी नेपालगन्ज मेडिकल कलेजमा ल्याइएको भएपनि आज बिहान उनको मृत्यु भएको अस्पताल प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते अवस्थामा ल्याइएका थारुको कम्मरदेखि तलको पुरै भाग क्षत बिक्षत अवस्थामा रहेको चिकित्सकले बताएका छन। थारुलाई च्यापने भे १त ४९८६ नम्बरको ट्रेक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय...
नेपालगन्ज।फाल्गुन १४ गते बाट सुरु भएको हिसानकप खेलकुद प्रतियोगिताका बाकिका खेलहरु भोली शुक्रबारबाट पुन: सुचार हुने भएका छन । निजि विद्यालयको संगठन हिसानको आयोजनामा नेपालगन्जमा जारी हिसानकप बुधवार बिहानै बाट अबिरल वर्षा भएपछी आयोजक टिमले प्रतियोगिता स्थगित गरेको थियो । मौसममा सुधार आएसङ्गै बाँकी खेलहरु भोली बाट सुरु हुने पाँचौ हिसानकपका संयोजक सुमन गौतमले जानकारी दिनु भयो। दोस्रो चरणका खेलहरु अन्तर्गत भोली शुक्रबार छात्रा र छात्र तर्फ भलिबल, छात्र तर्फ...
नेपालगञ्ज। नेपालगञ्जमामा पहिलो पटक आजबाट चौथो शिव साधना शुरु (शिवरात्री बिशेष) भएको छ ।परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाज्यूको सानिध्यतामा आजदेखि २० गते सम्म शिव साधना आयोजना मुल समिति, नेपालगञ्जको आयोजनामा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय पछाडी भृकुटीनगरमा शिव साधना शुरु भएको हो। शिव भगवानको पूजा र आरधाना गर्ने विशेष दिन शिवरात्रीका अवसर पारेर आयोजना गरिएको साधनाको क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङ र योगमा लिनहुनाका साथै परम उद्धारकर्ता संकटमोचन...
नेपालगन्ज ।नेपालगंजमा पहिलो पटक भोलीदेखि चौथो शिव साधना (शिवरात्री बिशेष) हुने भएको छ ।परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाज्यूको सानिध्यतामा फागुन १६ देखि २० गते सम्म शिव साधना आयोजना मुल समिति, नेपालगञ्जको आयोजनामा शिव साधना हुदैं छ । नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय पछाडी भृकुटीनगरमा हुने शिवरात्री विशेष चौथो शिव साधनाको सम्पुर्ण तयारी पुरा भएको शिव साधना आयोजना मुल समिति, नेपालगञ्जका संयोजक हरि सुवेदिले जानकारी दिनु भएको छ । शिव भगवानको...
नेपालगन्ज। प्रतिकुल मौसमका कारण “प्रादेशिक महोत्सव–२०७५” नेपालगन्ज तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी हुँदा बर्षाले केही दिन पर सरेको छ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी...
नेपालगञ्ज । १३ प्रतिशतमा संक्रमण भएको भनिएको बाँकेमा आजदेखि नवौं चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । आजदेखि बाँकेका ८ वटै स्थानीय तहमा औषधि खुवाउन शुरु गरिएको हो । प्रत्येक वडामा तोकिएको बुथहरुमा आज औषधि खुवाइँदैछ भने भोलिदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने बताइएको छ । ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्यकर्मीलाई सघाउन ७...
नेपालगञ्ज । डाक्टरहरुको आन्दोलनका कारण सरकारी अस्पतालहरुको सेवा ठप्प भएको छ । डाक्टरहरु नै आन्दोलमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा नपाउँदा अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । देशभरका सरकारी डाक्टरले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो । कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको...
नेपालगन्ज । फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइदै आइरहेका बेला नेपालगञ्जमा पनि वीवीध कार्यक्रम गरिएका छन् । आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न सचेतना फैलाउन आज नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सचेतनामुलक ¥याली प्रदर्शन गरियो । गणेशमान चौकबाट निस्कीएको ¥याली...
नेपालगन्ज : नेपालगन्जमा जारी प्रथम जुमा अन्तर व्यावसायी फुटबल प्रतियोगिताको उपाधिका लागि अटो मोबाइल्स र मदिरा व्यावसायी संघ भिड्ने भएका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मदिरा व्यावसायी संघले तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्जलाई २-१ गोल अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको हो । मदिरा व्यावसायी संघका लागि महेश थापा र भरत थापाले १-१ गोल गर्नु भएको थियो । तयारी कपडा का लागि मदन...