विचार/दृष्टिकोणमा रहेका समाचारहरु

स्थानीय निर्वाचन लोकतन्त्रको महायज्ञ

धर्मेन्द्र झा नेपालगन्ज ।  स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै वास्तविक अर्थमा देशको राजनीतिक र प्रशासनिक पुनःसंरचनाको काम प्रारम्भ भएको छ ।  पछिल्ला केही दिन प्रधानन्यायाधीशमाथि महाभियोग, गृहमन्त्रीको राजीनामा, सत्ताको एक मुख्य घटक राप्रपाको सरकारबाट बाहिर्गमन र संविधान संशोधनको झमेला आदि विषय निकै चर्चामा रहे ।  यी घटनाका कारण आमजनतामा निर्वाचन हुने नहुनेबारे संशय उत्पन्न भइरहेका बेला स्थानीय तहको निर्वाचन कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि भएको उम्मेदवारी मनोनयनले संशयलाई चिर्ने काम गरेको...

लोकतन्त्र, निर्वाचन र मानव अधिकार

डा. टीकाराम पोखरेल नेपालगन्ज । भनिन्छ– लोकतन्त्रको आधार आवधिक निर्वाचन हो ।  निर्वाचनविना लोकतन्त्र जीवित रहन्न ।  त्यसैले लोकतन्त्रमा निर्वाचन अनिवार्य शर्त हो ।  सिद्धान्ततः निर्वाचन लोकतन्त्रको अभ्यासका लागि गरिन्छ, तर व्यवहारत निर्वाचन गर्ने भनेको भौतिक विकास र राजनीतिक निकासका लागि हो ।  आसन्न स्थानीय तहको निर्वाचनको पनि सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष छन् ।  सिद्धान्ततः लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन हुँदैछ ।  संविधानतः २०७४ माघभित्र तीनवटै तहको निर्वाचन गरिसक्नुपर्ने भएकोले राजनीतिक...

सन्दर्भ : प्रधानन्यायाधीश विरुद्ध दायर महाभियोग

हरि अधिकारी नेपालगन्ज । सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव पेश गर्ने सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेपाली काँग्रेस र माओवादी केन्द्रका २४९ जना सांसदको सामूहिक बुद्धिमत्तालाई ठीक या बेठीक भनेर परिभाषित गर्ने पक्षमा यो लेखक छैन ।  ती दुवै दलको नेतृत्व तहमा अनुभवी राजनीतिकर्मी हुनुहुन्छ ।  उहाँहरूले लोकतान्त्रिक पद्धति, विधिको शासन र लोकतन्त्रको विशेषताका रूपमा स्थापित शक्तिपृथकीकरणको सिद्धान्तलाई राम्ररी बुझ्नुभएको छ ।  आफ्नो लामो राजनीतिक जीवनयात्राका क्रममा उहाँहरूले...

राष्ट्रवादको एकाङ्गी व्याख्याले धकेलेको निर्वाचन

डा. सुरेश आचार्य नेपालगन्ज ।  स्थानीय तहको निर्वाचन अत्यन्त सम्मुखमा छ । तर, राजनीतिक दलहरूबीचको किचलोले निर्वाचन हुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफ दिने आधिकारिक हैसियत कसैसँग देखिँदैन । निर्वाचन आयोग छोटो समयको तयारीका बीच पनि निर्वाचन गराउन तयार छ । तर, दुई चरणको निर्वाचनका पक्षमा आयोग छैन । प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर दुई चरणको निर्वाचनको प्राविधिक समस्या राख्नुभएको छ । यसको आसय निर्वाचन एकै चरणमा गराउँ भन्ने नै हो ।...

रेसम मार्ग र नेपालको मार्गचित्र

श्याम रिमाल नेपालगन्ज ।  आगामी मे महिनामा चीनको बेइजिङमा ‘रोड एन्ड बेल्ट’ अन्तर्राष्ट्रिय सहयोग सम्मेलन हुँदैछ ।  ‘वान बेल्ट वान रोड’ (ओबोर) चिनिया विकासको मुख्य रणनीति र ढाँचाका रूपमा आएको छ जुन ऐतिहासिक अवधारणा चिनियाँ राष्ट्रपति सि चिनफिनले सन् २०१३ मा ल्याउनुभएको थियो ।  यसले चीन र बाँकी विश्वका रूपमा रहेका युरेसिया (जमिनमा आधारित सिल्करोड इकोनिमिक बेल्ट र समुद्रमा आधारित मेरिटाइम सिल्करोडको भाग) बीचको सम्पर्क र सहयोगलाई जोड दिएको छ । ...

स्थानीय तह, गठबन्धन र महिला सहभागिता

सूर्य थापा नेपालगन्ज । स्थानीय तहको २०७४ साल वैशाख ३१ गते घोषित निर्वाचनको सुनिश्चितता अझै हुनसकेको छैन ।  खासगरी सत्ता गठबन्धनकै तहमा विद्यमान हानथाप र द्विविधाका कारण चुनाव होला कि नहोलाको अन्योल जारी छ ।  प्रमुख राजनीतिक दलहरूबीच सहमति र सहकार्यको स्वभाविक वातावरण बन्नसकेको छैन ।  यो निर्वाचन देशमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न एउटा महìवपूर्ण कदम हो ।  निर्वाचनमा सबै राजनीतिक दलहरू स्वस्थ, मर्यादित र प्रतिस्पर्धी ढङ्गले भाग लिनु...

राष्ट्रपति भण्डारीको भारत भ्रमण

प्रा.डा. गोपाल शिवाकोटी नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि भारतको पाँचदिने राजकीय भ्रमण सुरु हुँदै छ ।  भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको यो भ्रमणले नेपाल–भारतबीचको अविश्वासलाई हटाएर सम्बन्ध सुदृढीकरण गरी नयाँ चरणमा सम्बन्ध विकास गर्ने भएकाले यसलाई राजनीतिक र कूटनीतिक क्षेत्रमा विशेष महŒव दिइएको छ ।  राष्ट्रपति भण्डारीको भारत भ्रमण यसअघि नै तय भए पनि दुई देशबीच बढ्दो असमझदारीले गर्दा गत वर्ष वैशाख २४ गते स्थगित भएको थियो । ...

चुनाव नभए असफलता

डा. सुरेश आचार्य नेपालगन्ज । नेपाली काँग्रेसका दुई नम्बर प्रदेशका जिल्ला सभापतिहरूले संविधान संशोधन विना चुनाव सम्भव नहुने जानकारी पार्टी सभापतिलाई गराएका छन् ।  पार्टी कोषाध्यक्ष तथा शान्ति मन्त्री सीतादेवी यादवले चुनावका बेला आफू तराईमा जान नसक्ने बताउनु भएको छ ।  काँग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेशवादी दलहरूको सहमति विना दुई नम्बर प्रदेशमा चुनाव हुन कठिन हुने बताउनुभएको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवालाई कतै मधेशी मोर्चामा आबद्धहरू चुनावका पक्षमा...

संविधान संशोधन र जनमत संग्रहको प्रश्न

अर्जुन ज्ञवाली नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालगायतले धर्ममा जनमत संग्रहको कुरा अगाडि सार्नुभएको छ भने यही मुद्दा काँग्रेस नेता खुमबहादुर खड्काले पार्टीमा दर्ता गर्नुभएको छ ।  तराईका क्षेत्रीय दलहरूले संविधान संशोधनको मुद्दा अगाडि सारेका छन् ।  अहिले मुलुकको सर्वाधिक महìवपूर्ण आवश्यकता दिगो शान्ति स्थिरता र सामान्य जनजीवनमा फर्काउनु हो ।  यसको लागि वर्तमानमा गुज्रिरहेको जटिल संक्रमणबाट राष्ट्रलाई निकास दिँदै पार लगाउनु हो ।  नयाँ निर्णायक जिम्मेवार भूमिका साथ...

स्थानीय निर्वाचनमा नेतृत्व छनोट

दीनानाथ शर्मा नेपालगन्ज । स्थानीय तहको निर्वाचन नजिकिँदै छ ।  दलहरू चुनावी तयारीमा सक्रिय हुँदै गएका छन् ।  उम्मेदवार चयनको मापदण्ड र विधि बनाउने चपेटामा छन् दलहरू ।  स्थानीय पार्टी कमिटीहरू पनि यतिखेर परिचालित छन् ।  निर्वाचनको विपक्षमा भएका दलहरू पनि असहमतिका बीच सहमति बनाउन सकारात्मक प्रयत्नमा छन् ।  उनीहरूका स्थानीय कार्यकर्ता तल निर्वाचनको पक्षमा मनस्थिति बनाएपछि निर्वाचनको तयारीमा सक्रिय हुन दबाब परेको देखिन्छ । यो ज्ञानेन्द्रकालको निर्वाचन होइन ।  जनताका मौलिक...