विचार/दृष्टिकोणमा रहेका समाचारहरु

पहिलो हुने प्रतिस्पर्धा

डा. सुरेश आचार्य नेपालगन्ज । स्थानीय निर्वाचनको दोस्रो चरणको अन्तिम तयारीमा दलहरू जुटेका छन् ।  यद्यपि, मौन अवधि सुरु भइसकेको छ ।  नेपाली राजनीतिमा हार जितका लागि जति खेल हुन्छन्, ती धेरैजसो यही मौन अवधिमा नै हुने गर्छन् ।  जितका लागि गरिने यो अन्तिम अभियान हो ।  यसमा निर्वाचन आयोगको मर्यादालाई कायम राख्दै बाहिरी रूपमा देखिने प्रचार÷प्रसार हँुदैन ।  तर, जे जसरी आफ्ना पक्षमा मत दिलाउन सकिन्छ, त्यसका लागि सबै...

स्थानीय निर्वाचनले पढाएको पाठ

रामनारायण विडारी नेपालगन्ज । भरतपुर महानगरपालिकामा स्थानीय तहको निर्वाचन सुरु हुनुभन्दा पहिलादेखि नै सञ्चारमाध्यम र राजनीति क्षेत्रमा चर्चामा थियो ।  यसको मुख्य कारणमध्ये एक यो तराई क्षेत्रको भूभाग तर तीन नं प्रदेशमा पर्ने पहाडीया मूलका मानिस बसोवासको क्षेत्र हो ।  दुई राजनीतिक रूपले बढी सचेत भएको जिल्लामध्ये पर्ने नगरपालिका हो ।  तेस्रो यहाँ उम्मेदवार कम्युनिष्ट झण्डा बोक्ने दलको मात्र प्रमुखमा उम्मेदवारी भएको ।  चौथो नेपाली काँग्रेस र माओवादी केन्द्रको निर्वाचनमा...

देउवाको चौथो सत्तारोहण

तारानाथ दाहाल नेपालगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भारी बहुमतका साथ प्रधानमन्त्री चुनिनुभएको छ ।  संविधानसभाबाट आफ्नो मूल कर्तव्य संविधान बनाउने काम सकेर रूपान्तरित संसद्् बन्न पुगेको वर्तमान विधायिकाको यो अन्तिम सरकार छनोट कार्य हो ।  दुई वर्ष पहिले नै संविधान जारी भए पनि यो संविधान वर्तमान संसद््को सर्वस्वीकार्य दस्तावेज बनिसकेको छैन ।  देउवाको चयनमा दुई तिहाई जुट्नु भनेको प्रकारन्तरमा वर्तमान संविधानलाई परिमार्जन गरी सर्वस्वीकार्य बनाउन आवश्यक मत संग्रह हुनु...

चुनावमा युवा सहभागिता

यसपटकको नयाँ वर्ष अघिपछिभन्दा फरक रुपमा आएको छ । निर्वाचन वर्षका रुपमा प्रस्तुत हुने यो वर्षको पहिलो महिनामै स्थानीय तह चुनाव हुनुले आमनेपालीको हक, अधिकार सुनिश्चित हुने सन्देश प्रवाहित हुनु स्वयंमा सुखद छ । अहिले निर्वाचनको रन्को छ र यसबाट प्रत्येक नेपाली कुनै न कुनै रुपमा प्रभावित छन् । करिब दुई दशकको अन्तरालमा स्थानीय सरकार गठन र सञ्चालनका लागि आफूबीचबाट जनताले प्रतिनिधि चयन गर्नेछन् । दुई चरणमा हुन गइरहेको...

स्थानीय तहमा सुशासन

प्रा.डा. भीमदेव भट्ट नेपालगन्ज । झण्डै बीस वर्षको अन्तरालमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लामा स्थापना गरिएका २८३ स्थानीय एकाइमा पहिलो चरणको निर्वाचन गत वैशाख ३१ गते उल्लासपूर्ण वातावरणमा सम्पन्न गरिएको छ ।  यसैगरी दोस्रो चरणको निर्वाचन समेत यही असार ९ गते सम्पन्न गरिने कार्यक्रम तय गरिएको छ ।  जनता पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचन पनि सफलताका साथ सम्पन्न हुनेमा ढुक्क देखिन्छन् । नेपाल अब सङ्घीयतामा प्रवेश...

सत्ताको आकाशमा मौसमी परिवर्तन

निर्मलकुमार आचार्य नेपालगन्ज । नेपालको राजनीति फेरि अप्ठेरो मोडमा आइपुगेको छ ।  तीव्र गतिमा बढिरहेका राजनीतिक परिवर्तनले आशंका उब्जाउन मद्दत गरिरहेका छन् ।  पहिलो चरणको सफल स्थानीय निर्वाचनबाट उत्साहित नागरिक दोस्रो चरणको निर्वाचनप्रति ढुक्क हुने वातावरण बनिसकेको छैन ।  निर्वाचन हुन १९ दिन बाँकी रहँदा पनि अन्योलको अवस्था रहनुलाई कुनै हालतमा शुभद्योतक मान्न सकिँदैन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएपछि कतै बाँकी स्थानीय निर्वाचन धरापमा पर्ने...

बदर मतको पाठ

धर्मेन्द्र झा नेपालगन्ज ।  स्थानीय तहका लागि प्रथम चरणको निर्वाचनअन्तर्गत मतदान भएको पाँच दिनसम्म पनि थुप्रै ठाउँका मतदाताले आफ्ना स्थानीय सरकारको नेतृत्वकर्ता को हुन् भन्ने औपचारिक विवरण पाउन सकेका छैनन् ।  प्रथम चरणअन्तर्गत प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा दुई सय ८३ स्थानीय तहका लागि सम्पन्न मतदानको परिणाम थाहा पाउन अझै केही दिन लाग्नेछ ।  मतगणनामा भएको ढिलाइ र मतगणनाका क्रममा देखिएको बदर मतको सन्दर्भ यतिखेर चर्चाको उत्कर्षमा छ...

एक युगको एक दिन आज

रामप्रसाद गौतम नेपालगन्ज । आज वैशाख ३१ गते बिहान जब नेपालका ३४ जिल्लाका २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार ९२५ मतदातामध्येबाट मतदान गर्न शुरु गरिने छ, नेपाल नयाँ युगमा प्रवेश गर्नेछ ।  यो मतदानसँगै नेपालको विकासको अभियानमा तीन तहको संयुक्तता प्रारम्भ हुनेछ ।  यो मतदानले महिला, दलित, जाति जनजाति, अल्पसङ्ख्यक सबैको हातमा जिम्मेवारी प्रदान गरेर देश विकासका लागि एउटा फरक मोडल प्रस्तुत गर्नेछ ।  आजको मतदानमार्फत कुल उम्मेदवार ४९ हजार...

सत्र साल दोहोरिएला ?

रामकृष्ण तिवारी नेपालगन्ज । नेपालमा १७ अंकको ठूलो महत्वव रहेको छ । समाजमा कसैले आफूले गरेको काम सफल भयो भने सत्र पर्‍यो भन्ने गरिएको छ । त्यस्तै षड्यन्त्र र खराब काम गर्‍यो भने कर्मअनुसारको फल पायो भन्ने गरिएको छ । बिहान र दिउँसो उज्यालोमा गरिने कार्यलाई शुभ मानिन्छ भने मध्यरातमा गरिने कार्यलाई अशुभ र षड्यन्त्रकारी मानिन्छ । ८ र १२ अंकलाई अशुभ मानिएको छ । २००७ सालमा राजनीतिक परिवर्तन भएर २०१७ सम्मको...

संसदीय महाभियोग कार्यविधि

मुकुन्द शर्मा नेपालगन्ज ।  नेपालको संविधानको धारा १०१ को उपधारा (२) अनुरूप संविधान र कानुनको गभ्भीर उल्लङ्घन गरेको आधारमा राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध र सोसहित कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेकोे वा आचार संहिताको गम्भीर उल्लङ्घन गरेको कारणले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्ने आधारमा व्यवस्थापिका–संसद्मा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य,...