राजनीतिमा रहेका समाचारहरु

मन्त्री राई र मेयर राणाको सहकार्यबाट नेपालगञ्जमा विकास अघि बढेको छ: प्रबक्ता रिजाल

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले शहरी विकास मन्त्री मो इस्तियाक राईसँगको निरन्तर सहकार्यबाट नै नेपालगञ्जमा विकासले गति लिएको जनाएको छ । आइतबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाले बाँके क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री राईसँग कुनैपनि प्रकारको विमति र असमभ्mदारी नभएको प्रष्ट पार्नुभयो । पत्रकार भेटघाटमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेल र प्रबक्ता प्रमोद रिजालले पनि मन्त्री राई र मेयर...

नगर प्रमुख र उप-प्रमुखको मनोमानीले पाँच जना वडाध्यक्षले दिए सामूहिक राजीनामा

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले...

विप्लव’ समूहका नवलपरासी जिल्ला जनसरकार प्रमुख पक्राउ

पश्चिम नवलपरासी । ‘विप्लव’ समूहका नवलपरासी जिल्ला जनसरकार प्रमुख पक्राउ परेका छन् ।जनसरकार प्रमुख  प्रेमप्रसाद ढकाल गए राती  पक्राउ परेका हुन् ।सुनवल नगरपालिका १३, बडेरास्थित घरबाटै ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीले  जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका ढकाल सग अनुसन्धान भइरहेको जानकारी दिएको छ। ...

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका हुन् ।उनी  आज दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए । ...

नेपाल-भारत सम्बन्ध : डिप्लोमेसी ब्लयाक एण्ड ह्वाईट हुँदैन

बसन्त शर्मा ।नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक नेपालमा बस्ने विषयको चर्चा हुनु स्वाभाविक हो। बैठक बस्नुभन्दा पनि सरकारले यो विषयमा कस्तो तयारी गरेको छ, त्यो झनै महत्वपूर्ण हो। परराष्ट्र नीतिमा हामी कहाँ चुक्यौं, कहाँ असफल छौं र, अब के गर्दै अघि बढ्नुपर्ला भन्ने विषयमा नेपाल चनाखो हुनैपर्ने अवस्था छ। नेपाल–भारत सम्बन्धका आयामको चर्चा गरेर समय खेर फाल्नुभन्दा विकसित परिस्थिति र विगतमा भएका सन्धि र सम्झौतामा टेकेर नेपालले कुरा गर्न सक्नुपर्छ। त्यो भनेको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा

जनकपुर। नेकपा नेता प्रभु साहले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । नेता प्रभु साहले प्रदेश २ नेेेकपा अध्यक्षबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो ।...

म जनताको सेवक हो :अध्यक्ष शाह

नेपालगन्ज । म  जनताको सेवक अनि वडाबासीलाई समस्या पर्नु भनेेेको मलाई पर्नु हो भन्ने अध्यक्ष हुन् नेपालगन्ज वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह ।   नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष शाह बाँकेको राजनीतिमा चर्चित नाम हो । २०४४ सालदेखि विद्यार्थी संगठन हुँदै राजनीतिमा सक्रिय शाह हाल तरुण दल बाँकेको अध्यक्ष र नेपाली काँग्रेस बाँकेको जिल्ला सदस्य हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचित भएपछि शाहको जिम्मेवारी पनि फेरिएको...

दाङको गोल्टाकुरीमा नेकपाका पाँच दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
"कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री गिरीद्वारा स्वागत "

दाङ । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ बाँकीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेर पाँच दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री दिपक गिरीले उनीहरुलाई अबिर र फूल मालाले स्वागत गर्दै नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको हो । शेरबहादुर वली, जलबीर चौधरी, शेर बहादुर चौधरी, सुवेन्द्र चौधरी, सीता डाँगी, ललित बहादुर डाँगी लगायतका नेता कार्यकर्ता कांग्रेस प्रबेश गरेका हुन्...

नेकपा प्रदेश ५ का प्रमुख सचेतकको घरमा बम बिस्फोट

बुटवल ।प्रदेश नम्बर ५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतकको घरमा बम बिस्फोट गराइएको छ।प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबार राति पेट्रोल बम प्रहार भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहिका अनुसार ढकालको घरमा पेट्रोल बम प्रहार भएको हो । सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरमा प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरि राखिएको गाडिको पछाडीको...

कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खत्री बर्खास्त

सुर्खेत ।कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन्। फौजदारी मुद्दा लागेका मन्त्री खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको जानकारी दिएका हुन्। मन्त्री खत्रीलाई पदमुक्त गरेसँगै मुख्यमन्त्री शाहीले अर्को व्यवस्था नहुञ्जेल सो मन्त्रालय आफैंले सम्हालेको बताएका छन्। ‘अर्को निर्णय नभएसम्म उहाँलाई पदमुक्त गरिएको छ,’ मुख्यमन्त्री शाहीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो। फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेका खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत...