कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खत्री बर्खास्त
प्रकाशित मिति : २०७६, ३० श्रावण बिहीबार २३:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुर्खेत ।कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन्।
Advertisement
फौजदारी मुद्दा लागेका मन्त्री खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको जानकारी दिएका हुन्।
मन्त्री खत्रीलाई पदमुक्त गरेसँगै मुख्यमन्त्री शाहीले अर्को व्यवस्था नहुञ्जेल सो मन्त्रालय आफैंले सम्हालेको बताएका छन्। ‘अर्को निर्णय नभएसम्म उहाँलाई पदमुक्त गरिएको छ,’ मुख्यमन्त्री शाहीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो।
फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेका खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत पाटनले सोमबार आदेश दिएको थियो।