म जनताको सेवक हो :अध्यक्ष शाह
प्रकाशित मिति : २०७६, १ भाद्र आईतवार १२:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । म जनताको सेवक अनि वडाबासीलाई समस्या पर्नु भनेेेको मलाई पर्नु हो भन्ने अध्यक्ष हुन् नेपालगन्ज वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष शाह बाँकेको राजनीतिमा चर्चित नाम हो । २०४४ सालदेखि विद्यार्थी संगठन हुँदै राजनीतिमा सक्रिय शाह हाल तरुण दल बाँकेको अध्यक्ष र नेपाली काँग्रेस बाँकेको जिल्ला सदस्य हुनुहुन्छ ।
Advertisement
वडा अध्यक्षमा निर्वाचित भएपछि शाहको जिम्मेवारी पनि फेरिएको छ । साविक नेपालगञ्जको वडा नम्बर १७ र उदयपुर गाविस गाभेर वडा नम्बर १३ बनेका कारण विकासमा वडाभित्र असमानता पनि देखिन्छ । वडा अध्यक्ष शाह सम्पूर्ण वडाको विकास निर्माणमा सक्रिय भएर लागेको बताउनुहुन्छ । उहाँको पहलमा साविक उदयपुर गाविसमा पहिलो पटक सडक कालोपत्रे भएको छ । तीन किलोमिटर लामो सडक कालोपत्रे भएको हो । यसैगरी भित्री वस्तीमा सडक पिसिसी गरिएको छ ।
खानेपानी धारणा वितरण, सरस्वती मन्दिरको पुननिर्माण, नाली निर्माण, विद्यालयमा भौतिक पूर्वाधार निर्माण लगायतका काम वडामा भएका छन् । बाल उद्यान निर्माणको क्रममा रहेको शाहले बताए । यसैगरी बालमैत्री वडा बनाउने अभियान चल्दैछ । वडाको उदयपुर क्षेत्रमा कृषिमा प्राथमिकता दिएका छौं, वडा अध्यक्ष शाहले भने,– डीप बोरिङ्ग मर्मत गरि संचालन गर्ने र स–साना अन्य बोरिङ्ग थप गरिनेछ । कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषक समूह बनाउने, उन्नतजातको विउ वितरण गर्ने र आधुनिक प्रविधिमा सहयोग गर्ने वडाको योजना छ । यसैगरी सामुदायिक विद्यालयको स्तर सुधारका लागि अभिभावक लाई सचेत पार्ने अभियान सुरु गर्ने शाहले बताए । यति मात्रै नभएर उनले लामो समयदेखि अस्तब्यस्त रहेको स्वर्स्वती संगीतालयको समेत पुनर्निर्माण गरि नमुना बनाइसेका छन् ।
सार्वजनिक जग्गा पहिचान गरि संरक्षणको नीति लिइएको छ । यसैगरी स्वास्थ्यमा पनि वडाको प्राथमिकता रहेको छ । शाहले बाँकी कार्यकालमा अन्य वडा जोड्ने सडक कालोपत्रे गर्ने, अन्य प्रमुख सडक कालोपत्रे गर्ने योजना रहेको बताउनुभयो । उहाँले साविक १७ नम्बर वडामा सरसफाई र उदयपुरमा कृषिलाई प्राथमिकता दिने कार्यक्रम ल्याइएको बताउनुभयो । वडाको समग्र विकास निर्माणका लागि सबै वडाबासीको रचनात्मक सुझावको अपेक्षा गरिएको शाहले बताउनुभयो ।