राजनीतिमा रहेका समाचारहरु

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरेर बम विष्फोट

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरेर बम विष्फोट भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट गरिएको छ । उक्त बम विस्फोट नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको प्रहरीको भनाइ छ । कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदैगर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ ।मुख्यमन्त्री शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउको घरबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउँदै गरेको अवस्थमा रास्कोटको कृर्षि जेटिए कलेज नजिकै...

‘मेरो सम्झनामा सुशील दा’

वसन्त कुमार उपाध्याय।प्रजातन्त्रमा पनि समाजवादी धार नै मूल बाटो ठान्ने एउटा व्यक्तित्व, जसको जीवन अस्तव्यस्ततामै बित्यो। उनी थिए सुशील कोइराला। आज उनको जन्मदिन अर्थात् साउन २८ गते। १९९६मा आजकै दिन जन्मिएका थिए सुशील दा। राजनीतिक दर्शन प्रजातान्त्रिक समाजवाद उनको जीवनपर्यन्त रह्यो। २०१० सालदेखि नै राजनीतिक गतिविधिमा लागेका उनी पार्टीभित्र ‘सुशील दा ’ भनेर लोकप्रिय थिए। विराटनगरमा १९९६ सालमा जन्मिएका सुशील दाको कर्मथलो बन्यो पश्चिमको नेपालगन्ज। २०१५ सालको भद्र अवज्ञा आन्दोलनमा सक्रिय...

माफी मागेर तत्काल नेकपाले सरकारी जग्गाबाट कार्यालय हटाउनु पर्छ:नेपाली कांग्रेस

काठमाडौं ।नेपाली कांग्रेसले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय तत्काल छाड्न आग्रह गरेको छ।पासाङ ल्हामु प्रतिष्ठानलाई भोगचलनको अधिकार दिइएको सरकारी जग्गामा बसेको भवनमा नेकपाको कार्यालय छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा नेकपाको कार्यालय रहेको खबरले आफू दुःखी र अचम्मित भएको बताए ।उनले भनेका छन्, ‘हामी आश गर्छौं यस्तो गल्ती गल्तीप्रति माफी माग्दै  नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप...

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

भारत।भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।हृदयाघातका कारण अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेसु, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार  राती निधन भएको  छ।६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत...

मेयर र उपमेयर बिच झडप ,उप-प्रमुख झा घाइते

जनकपुर। मेयर र उपमेयरको बिबादको बिषयले मंगलबार झडप भएको छ।धनुषाको हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर विवाद चर्किएको छ।धनुषा प्रहरीका अनुसार मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदै झडप भएको हो। हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र झा समूहबीच ढुंगा हानाहान भएको र त्यसपछि झडप भएको प्रहरी उपरीक्षक शेखर खनालले बताए। झडप नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र...

धनगढी बम विस्फोटमा घाइते विप्लव कार्यकर्ता सरेला उपचारपछि पक्राउ

कैलाली । गत साउन २ गते धनगढी उपमहानगरपालिका ३ सहीदगेटमा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । जसमा राम सिंहको मृत्यु भएको थियो भने  लक्ष्मण सरेलासहित ४ जना घाइते भएका थिए । धनगढी बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै  सरेलालााई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो...

बिकास नै मेरो पहिलो प्राथमिकता हो: वडा अध्यक्ष बर्मा

नेपालगञ्ज।विद्या राम बर्मा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हुनुहुन्छ । पुरैनी निवासी बर्मा नेपाली काँग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसका वडा सभापति पनि हुनुहुन्छ । २०४७ सालमा राजनैतिक यात्रा शुरुवात गर्नुभएका बर्माले २०५३ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ २ पटक इकाई सचिव हुँदै १२ औं महाधिबेशनबाट इकाई सभापति हुनुभएको थियो । पार्टीका विभिन्न पद र सामाजिक क्षेत्रमा रही काम गरेको...

प्रमुख सत्तारूढ दल ‘नेकपाको कार्यालय’ नै सरकारी जग्गामा

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन । नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको...

कांग्रेस पहिलो पार्टी हुन्छ तर सबै कार्यकर्ता एकजुट हुनुपर्छ: महामन्त्री कोइराला

सर्लाही  ।नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सङ्गठन अहिले राम्रो ढङ्गले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए । आइतवार सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले आगामी दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सङ्गठनलाई सुधार गर्न जरुरी रहेको बताए । पार्टीको गढ मानिने प्रदेश २ मै अहिले कांग्रेसको दुर्दशा रहेको भन्दै महामन्त्री कोइरालाले गुटउपगुटले कांग्रेसलाई सबैतिर ध्वस्त गराएको...

मंसिरभित्र कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्ने

काठमाडौं । मंसिरभित्र  नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ।नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए। सभापति देउवा, वरिष्ठ नेता पौडेल...